सु.प.का परीक्षा अब घरघरबाटै लिईने, विद्यार्थीलाई नअत्तालिन परिक्षा नियन्त्रण कार्यालयको आग्रह

परीक्षा नियन्त्रक देवसिंह नाथ भन्नुहुन्छ , विद्यार्थीले आत्तिनु पर्दैन् , क्याम्पस र विभागसँग छिटोभन्दा छिटो सम्पर्क आउँनु पर्छ

कंचनपुर
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले घरघरबाटै अगामी असोज १२ गतेदेखि बैकल्पिक मुल्यांकन पद्धति अन्तर्गत अनलाईन परीक्षा संचालन गर्ने जनाईसकेको छ भने अनलाइन परीक्षाका लागि सम्पूर्ण परीक्षार्थी विद्यार्थीहरुलाई तयारी अवस्थामा रहन समेत सुप ले एक सूचाना मार्फत भनिसकेको छ ।

यद्यपि, उक्त अनलाईन परीक्षा सम्बन्धमा धेरै विद्यार्थीहरुमा अनविज्ञता, अन्यौलता देखिएको छ भने कतिपय विद्यार्थीहरु ईन्टरनेट माध्यमको पहुच बाहीर पहाडी जिल्लाका दूरदराजका क्षेत्रमा रहेका छन् । ५, ६ महिना यतादेखि कोराना भाईसका कारण उत्पन्न असहज परिस्थितिले गर्दा विश्वविद्यालयका नियमित रुपमा संचालनमा आउन सकेका छैनन् भने कोरानाको संक्रमण समुदायस्तरमै पुगेकोमा चिन्ता र चासो भईरहेको छ । शैक्षिक सत्र खेर जान नदिन भन्दै विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण क्याम्पसमा यो विधि बाट परीक्षा लिन लागिएको हो । स्नातक तहका प्रथम, तेस्रो, पाँचौं र सातौं सेमेस्टरका परीक्षा संचालन हुनेछन् ।

कसरी संचालन हुनेछन् त अनलाईन परीक्षा
विश्वविद्यालय परीक्षा नियन्त्रक सह प्राध्यापक देवसिंह नाथका आनुसार विद्यार्थीहरुको ईमेल अथवा जिमेल आईडीमा क्याम्पस या विभागले विद्यार्थीलाई नयाँ व्यक्तिगत जिमेल अकाउन्ट बनाएर पठाउँछ । त्यसैमा प्रश्नपत्र पठाईने र सो प्रश्नलाई डाउनलोड गरी परीक्षार्थीले ए फोर साईजको सेतो कपीमा उत्तर लेख्नुपर्ने तथा प्रश्न पत्र सोल्भ गरी सकेपछि उत्तरपुस्तिकालाई स्क्यान गरी विभागको ईमेलमा पठाउनुपर्ने वताईएको छ । प्रश्नपत्र तयारी भईरहेको र त्यसलाई अनुभवमा आधारित मानेर विषयगत प्रश्नावली निर्माण गरिनेछ । विद्यार्थीलाई खुल्ला परीक्षा जस्तै गरी ४ घण्टा उत्तर लेख्न र १ घण्टा ईमेल मार्फत उत्तरपुस्तिका बुझाउन समय दिईएको छ ।

विद्यार्थीलाई नआत्तिन परीक्षा नियन्त्रक नाथको अपिल
सु.प. वि मा परीक्षालाई लिएर नआत्तिन र आवश्यक तयारीमा जुट्नका साथै आ आफ्नो विभाग तथा क्याम्पससँग सम्पर्कमा आउँन सबैलाई परीक्षा नियन्त्रक देवसिंह नाथले अनुरोध गर्नुभएको छ । उहाँले आईसिटी सेन्टर निर्माण गरिने समेत वताउनुभएको छ ।
नियन्त्रक नाथले विद्यार्थीहरुले आफु जाहाँ छ त्यहीँबाट परीक्षा दिन सक्छ, यहाँ आउनुपर्ने बाध्यता नरहेको वताएका छन् । उनले भने दूरदराजमा हाम्रा विद्यार्थी रहेकोे सन्दर्भमा स्थानिय सरकारसँग समन्वय गर्न सकिने वताएका छन् । कुनै विद्यार्थी नछुटु भन्नेमा आफूहरु सचेत रहेको भन्दै विभागले आवश्यक समन्वय गर्ने वताए । परीक्षा संचालन गर्न नयाँ कार्यविधि बनिसकेको र त्यसै अनुसार प्रश्नपत्रको मोडालटीबारे छलफल तथा बैंठक प्राध्यापक शिक्षकहरुबीच भैरहेको छ । यसका साथै, अलगै सर्भरको निर्माण गरी अनलाईन परीक्षा फर्मको व्यवस्थ गर्न लगीएकोले नहडबडाउन सबैमा परिक्षा नियन्त्रण कार्यालयले अनुरोध गरेको छ ।

कोरोना महामारीका कारणले गर्दा विश्वविद्यालयका परीक्षा स्नातक तह तथा स्नाकोत्तर तहका सबै परीक्षा अनलाईनबाटै हुने भएका छन् । अहिले विश्वविद्यालय अनलाईन परीक्षाको तीव्र तयारीमा जुटेको जनाकारी पाईएको छ । आईसिटि सेन्टर निर्माणका लागि सु प ले विभागहरु तथा क्याम्पसहरुलाई बजेट विनियोजन समेत गरिसकेको छ ।

ताजा समाचार

This will close in 10 seconds