दोधारा चाँदनीमा स्थानिय सरकारले गरेको निषेधाज्ञा अबज्ञा : सवारी साधन निर्वाधरुपमा संचालनमा

दोधारा 

माहाकाली नगरपालिकामा निषेधाज्ञाको अबज्ञा गर्दै बजार क्षेत्रमा ब्याप्त चहल पहल बढेर गएको छ् । माहाकाली नगरपालिका वडा नं. ६ हेल्थपोष्ट बजार आसपास क्षेत्रमा बजार खुलेको छ भने, सावरी साधानहरु निर्वाधरुपमा संचालनमा आएको छ् । माहाकाली नगरपालिका क्षेत्रमा रहेको बैंक तथा बित्तिय संस्थाहरुमा सेवाग्राहीको भिड लागेको देखिन्छ् । माहाकाली नगरपालिकाले बैंक तथा बित्तिय संस्थाहरुलाई सामाजिक दुरी कायम राखेर आफ्नो कारोवार संचालन गर्ने भनिएको भएपनि बैंक तथा बित्तिय संस्था तथा बिद्युत्त प्राधिकारण कार्यालयमा आज बिहान ब्याप्त भिड तथा चहलपहल देखिएको छ् ।

सडकमा हिडडुल गर्नेको चहल पहल बढेपनि स्थानिय प्रशासनले भिडलाई हटाउन समेत कुनै कार्य गरेको थिएन् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको मुखमै रहेको कुमारी बैंकमा सेवाग्राहीको भिड भाड थियो । हेल्थपोष्ट नजिक रहेको एनआइसी बैंक, बिद्युत प्राधिकरण, कुमारी बैंक लगाएत स्थानहरुमा सेवाग्राहीको उच्च भिडनै रह्यो । बैंक, बित्तिय संस्था तथा बिद्युत प्राधिकरणमा सदाझै हुदै आएको भिडभाड आज पनि कम भएन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती आज भने हेल्थपोष्ट आसपास क्षेत्रमा देख्न पाईएन् । स्थानिय सरकारले गरेको निषेधाज्ञा खासै पालना नभएको स्थानियहरुको ठहर छ् । माहाकाली नगरपालिकाका मुल सडक खण्डमा निर्वाधरुपमा गुड्दै गरेको मोटरसाईकल बिना हेल्मेट लगाएर गुडाईरहेका थिए भने ट्यम्पो समेत सवारी बोक्दै सडकमा गुडेको हुर्न पाईयो । हेल्थपोष्ट बजार क्षेत्रमा केही पसलहरु समेत संचालनमा आएको छ् भने सडकमा चहल पहल समेत बढेर गएको छ् ।

माहाकाली नगरपालिकाका मुल सडक खण्डमा निर्वाधरुपमा मोटरसाईकल तथा अन्य सवारी साधान गुड्दा निषेधाज्ञा नभएको अनुभुती भएको स्थानियहरुले महशुस गरेका छन् । माहाकाली नगरपालिका कार्यपालिका बैठकले प्रशासनको निषेधाज्ञा र माहाकाली नगरपालिका क्षेत्रमा देखिएका उच्च ज्वरो संक्रमणलाई मध्यनजर गर्दै कडाई गर्ने निर्णय गरेको हो । भदौ २३ गते सम्म बजार व्यवसाय र सार्वजनिक सेवा प्रवाहमा कडाई गर्ने निर्णय गरेको हो । माहाकालीका बजार क्षेत्र विहान दुई घण्टा मात्रै खुल्ने निर्णय गरिएको थियो ।

त्यसका लागी विहान ७ बजे देखि ९ बजे सम्म समय तोकिएको छ । बैंक तथा बित्तिय संस्थाहरु विहान १० देखि दिउसो १ बजे सम्म र विद्युत फ्युज सेवा विहान १० देखि २ बजेसम्म खुल्ने भनिएको हो । माहाकाली नगरपालिकाका औषधि पसलहरु भने २४ सै घण्टा खुला रहने बैठकको निर्णय गरेको हो । स्थानिय सरकारले गरेको निर्णय कार्यान्वन गर्न तथा गराउन सुरक्षा निकायलाई आग्रह समेत गरिएको हो । स्थानियहरुले माहाकाली नगरपालिका क्षेत्रमा निषेधाज्ञा अबज्ञा भएको भन्दै निषेधाज्ञा अर्थहिन भएको तर्क गरेका छन् ।

ताजा समाचार