कंचनपुर सिडीओको राता राता सरुवामा राजनितिक हस्तक्षेप

कंचनपुर 
प्रमुख जिल्ला अधिकारीको सरुवा प्रकरणमा राजनीतिक हस्तक्षेप अस्वभाविक ढंगबाट बढेको बुझीन आएको छ । सिडीओ सरुवामा गलत भएको भन्दै चर्चा परिचर्चा र विभिन्न खाले टिका टिप्पणी यतिबेला कंचनपुरका सार्वजनिक वृत्तमा भईरहेको छ । कुशल प्रसाशकको भूमिका खेल्दै आएका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडालाई गृहले केन्द्रमा तानेसँगै वहस चुलिएको हो । सात महिनामै सिडिओ राता राता सरुवा भएपछि यो विषय जनचासो विषय समेत बन्न गएको देखिन्छ ।
कंचनपुर र कैलालीको सीमावर्ती क्षेत्रमा डोके वजारलाई व्यवस्थीत तथा त्यहाँ कंचनपुरकै भन्सार कार्यालय स्थापना गर्न प्रयास गरे सँगै कैलालीका केहि व्यापारीहरुको आँखाको कसिंगर बन्न पुगेका सिडिओलाई तीनीहरुकै ईशारामा सरुवा गरिएको आरोप समेत लाग्न थालेको छ ।

कंचनपुरबाट गृहमन्त्रालय तानिएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई जोडेर विभिन्न किसिमले कुराहरु सामाजिक संजालमा समेत आइरहेका छन् । यद्यपि, प्रमुख जिल्ला अधिकारी खतिवडाले भने कर्मचारी सरुवा नियमत प्रकृया भएकोले आफुले यसलाई अन्यथा नलिएको र यो सामान्यतया एक जिल्लामा एक वर्षको कार्यकाल हुने भए पनी कहिले काही परिस्थीति अनुसार ढिलो चाँडो हुने हुदा यसलाई अन्यथा लिन नहुने वताए । कर्मचारीको सरुवा नियमित प्रक्रिया हो, यसलाई मैले अन्यथा लिएको छैन र कसैले पनि लिनु हुदैन् खतिवडाले भने ।

जिल्लाका सम्पूर्ण कार्यक्रममा निजी क्षेत्र संग सहकार्य गर्दै आउनु भएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले छोटो अवधिमा नै कञ्चनपुरका जनताको मन जित्न सफल हुनु भएको उल्लेख गर्दै आफ्नै भुभागमा शान्ति सुरक्षाको व्यवस्था मिलाएको कारणले सरुवा भएको जस्तो सामाजिक संजालमा टिका टिप्पणी आएको हुदाखेरी उक्त कार्य प्रायोजित भएमा सरासर गलत र निन्दनीय कार्य भएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग वहादुर मल्लले बताउनु भएको छ । मल्लले भने, यदि राजनितिक स्वार्थ र हस्तक्षेपबाट प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो भने त्यो गलत हुन्छ, हामी त्यसको निन्दा र भत्सना गर्छौ ।

स्थानियहरुले समेत कंचनपुरका सिडिओ परिर्वतनलाई आश्चर्य मानेका छन् । राजनितिक दाउपेचमा राम्रो प्रशासकलाई समेत काम गर्न नदिएको र यसले जिल्लाको विकास र सुशासनका लागि चुनौती थपिएको प्रतिक्रिया दिएका छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडालाई अचानक राम्रो कार्य गर्दा गर्दै पनि सात महिनामै कञ्चनपुर जिल्लाबाट गृह मन्त्रालयमा तानिएपछि सामाजिक सञ्जालमा विभिन्न खाले टिका टिप्पणी हुन थाले पछी सुदुर पश्चिम प्रदेशका पुर्व उद्योग, वन, वातारण तथा पर्यटन राज्य मन्त्रि प्रकाश रावलले कर्मचारी सरुवा प्रकरण सामान्य भए पनी यसमा रानीतिकरण हुनु सही नभएको वताउनुभएको छ । कञ्चनपुरको डोके वजार क्षेत्रमा विकृति विसंगति मौलाएका कारण यसलाइृ निदान पार्नु जरुरी भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले गरेको काम सरहानीय रहेको वताएका छन् ।
यसैबीच, कञ्चनपुर उद्योग वाण्ज्यि संघ लगायतका उधोगी व्यवसायीहरुद्वारा प्रमुख जिल्ला अधिकारी खतिवडाको विशेष विदाई समेत शनिवार वाणिज्य संघ कंचनपुरमा गरिएको छ ।

ताजा समाचार