महाकाली अस्पतालमा आईसियुमा पहिलो पटक सर्पदंशका विरामीको सफल उपचार

महाकाली अस्पतालमा पछिल्लो समय सेवासुविधा थपिदै जाँदा विरामीहरुको उपचार सफल भए सँगै सामान्य विरामीलाई पनि रिफर गर्नुपर्ने बाध्यता समेत हटेको छ । अस्पतालले विगतका दिनमा सर्पदंशका विरामीलाई भ्यान्टिलेटर तथा आईसियु सेवा नहुदाँ अन्यत्र पठाउनुपर्ने बाध्यता भएता पनि अहिले आईसियु संचालनमा आए पश्चात सो समस्याको दीर्घकालीन निदान भएको छ भने बाटोमै विरामी मर्ने परिस्थीतिको पनि अन्त्य भएको छ । वेदकोट नगरपालिका ७ सुडा बस्ने ५० वर्षीय रत्ना टमटालाई भाद्र १७ गते विहान सुतेको अवस्थामा विषालु सर्पले डसेपछि अस्पताल ल्याईएको थियो । उनको २ दिन आईसियूमा राखेर सफल उपचार भएको हो । आज उनलाई सफल उपचारपछि डिस्चार्ज गरिएको छ ।

आईसियुमा सर्पदंशको यो पहिलो केस सफल 

अस्पतालका आईसियु ईन्चार्ज डाक्टर अर्जुन भट्टले अस्पतालमा अत्याधुनिक मेसिन तथा भ्यान्टिलेटर थप र आईसियु सेवा सँचालनमा आएसँगै गम्भीर अवस्थाका विरामीहरुको उपचार गर्न सहज भएको वताएका छन् । डाक्टर भट्टले सर्पदंशका घटनामा विरामीहरुलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको भए पनि आईसियु संचालन भएपछि पहिलो केस सफल उपचार हुदाँ खुसी लागेको उल्लेख गरे ।  उनले अन्धविश्वासमा धामि झाक्रीको पछि नलागि यस्ता विषालु सर्पले टोकेको केसमा तुरुन्त अस्पताल पुगाउनु पर्नेमा विशेष जोड समेत दिएका छन् । विरामी टमाटाले सफल उपचार भएपछि खुसी हुदै जीवन जोगाएकोमा र राम्रो स्वास्थ्य सुविधा उपलब्ध गराएकोमा अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत दिएकी छन् । यस्तै, विरामीका करुवा छोराले पहिले पहिले अन्यत्र जानु पर्ने भएको र अहिले यतै राम्रो उपचार भएकोमा खुसी लागेको बताए । समयमै अस्पतालमा सर्पदशंका विरामीलाई ल्याएमा सहज, सुलभ र प्रभावकारी तरिकाले उपचार हुने विश्वास भएको वताएका छन् ।

 

ताजा समाचार

This will close in 10 seconds