महाकाली अस्पतालमा डिजिटल एक्सरे

एक पछि अर्को सुविधा थपिदै

अस्पतालमा पछिल्लो समय एक पछि अर्को सुविधा थपिदै गएको छ । जसकारण विरामीहरुको चाप समेत बढेको छ ।
संघिय सभासद, महिला तथा सामाजिक समिति अध्यक्ष निरु देवी पालको पहलमा शनिबार महाकाली अस्पतालमा डिजिटल एक्सरे मिसेन आईपुगेको छ ।

एक्सरे मिसिन आएसँगै एक्सरे जाँच गर्न बाहिर जानुपर्ने बाध्यता पनि हटेको छ । अस्पतालमा क्रमिक रुपमा सुधार हुदै जाँदा स्थानिय स्वास्थ्य सेवाग्राहीहरुले सहजता पाएका छन भने स्थानिय जनसमुदायले समेत अस्पतालको सुधारलाई सकारात्मक रुपमा लिईरहेका छन् ।

ताजा समाचार