ड्युटीमा रहेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कंचनपुर
जिल्लामा एक जना प्रहरी जवानको मृत्यु भएको छ । दंगा नियन्त्रण प्रहरी गण वंक कंचनपुरमा कार्यरत प्रहरी जवान सुरेन्द्र ऐर ड्युटीमा खटेको बेला गएराती १२बजे अचानक अचेत भई ढलेको र सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कंचनपुर प्रहरीले जनाएको छ ।

कंचनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपनिरिक्षक अमरवाहादुर थापाक्षेत्रीले ऐरको मृत्युु कसरी भयो भन्ने बारे जानकारी नभईसकेको वताएका छन् । स्थायी घर डडेल्धुरा अजयमेरु २ डडोला भएका मृतक ऐर विगत १ वर्ष देखि प्रहरीमा कार्यरत थिए ।

ताजा समाचार

This will close in 10 seconds