महाकाली अस्पतालमा रगतको कमी हुन नदिन नागरिक समूहको रक्तदान अभियान

कंचनपुर
पछिल्लो समय महाकाली अस्पताल सुधार भएसँगै शल्यक्रिया गर्नुपर्ने विरामीका दिनप्रतिदिन बढ्दै गरेको छ । विरामीको चाप बढ्दै जाँदा रगत अभाव हुनथालेपछि नागरिक सरोकार समूहको पहलमा शनिवारदेखि रगत सँकलन गर्ने अभियान सुरु गरिएको छ । शनिबार नेपाल रेडक्रस सोसाईटी महेन्द्रनगर को ब्लड बैंकमा ६ जना समाजसेवीहरुले रगतदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा उक्तम विष्ट, कौशिल्या ओझा, नरेश वुडाल, मनिस चन्द, ईन्द्र साउँद र विशाल सुनार रहेको नागरिक सरोकार समूहका अध्यक्ष लिलाध्वज वस्नेतले जानकारी दिनुभएको छ । अध्यक्ष वस्नेतले शल्यक्रिया गर्दा विरामीलाई रगतको कमी नहोस् भन्ने हेतुले आफूहरु रगत दान गर्न गराउन जुटेको वताए । उनले रगतदान अभियान निरन्तर रुपममा अझै चलिरहने वताउनु भएको छ ।

ताजा समाचार

This will close in 10 seconds