पत्रकार बोहरामाथि दुव्र्यवहार गर्ने प्रहरीमाथि कार्बाही गर्न प्रेस संगठनको माग

कञ्चनपुर
कञ्चनपुरका पत्रकार डिबी बोहरामाथि दुव्र्यवहार गर्ने प्रहरीमाथि कार्बाही गर्न प्रेस संगठनले माग अघि सारेको छ । प्रेस संगठन कञ्चनपुरले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार बोहरामाथि दुव्र्यवहार गर्ने प्रहरीमाथि कार्बाहीको माग अघि सारेको हो । विज्ञप्तीमा कञ्चनपुरबाट प्रकासित हुने अभियान नेपाली दैनिकका उप सम्पादक पत्रकार डिबी बोहरा माथि भदौँ १७ गते राती १२ः३० बजेतिर महेन्द्रनगरमा प्रहरीबाट भएको दुव्र्यवहारप्रति नेपाल प्रेस संगठन नेपालको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयबाट न्यूज प्रिन्ट सहित प्लेट बोकेर जगदम्बा छापाखाना गईरहेको बेला प्रहरीले रोकी चोरकै संज्ञा दिएर अपशब्द प्रयोग गर्दै सिङ्गो पत्रकार जगतको अपमान हुने तरिकारले गरेको व्यवहारप्रति प्रेस संगठन नेपाल खेद प्रकट गरेको छ । ‘यस कोरोना महामारीकै विच संचार क्षेत्रले नागरिक सुशुचित गराउन भूमिका निर्वाह गरिरहेका बेला सुरक्षा निकाय जस्तो जिम्मेबार निकायबाट यस्ता घटना हुन दुखत हो ।, ‘पत्रकार हुँ, भनेर परिचयत्र पत्र सहितका पत्रिका छपाउने कागज प्लेट देखाउँदा देखाउँदै प्रहरीबाट भएको दुव्र्यवहारको घटनाले (जो नागरिकको रक्षक उही भक्षक) भएको छ ।’ राज्यकै जिम्मेबारी संस्थाका व्यक्तिबाट प्रेसमाथि भएको यो घटनाले सिङ्गो संचार क्षेत्रकै अपमान र मनोबल गिराउने कामले आम पत्रकारलाई दुखित तुल्याएको जनएको छ ।
अव उपरान्त यस्ता घटना नदोहो¥याउन समेत प्रेस संगठन सम्बन्धीत पक्षलाई आग्रह गर्दै घटनाको छानबिन गरेर दोषि प्रहरी उपर कार्बाहीको माग गरेको छ । प्रेस संगठन कञ्चनपुरका सहसंयोजक राजेन्द्र प्रशाद अवस्थीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घटनाको छानबिन गरि दोषि प्रहरी उपर कार्बाही नगरिए प्रेस संगठन नेपाल संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ । घटनाको विषयमा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीको नेतृत्वमा गएको पत्रकारको टोलीले पत्रकार बोहरामाथि भएको घटना दुखत भएको भन्दै अव उपरान्त यस्ता घटना दोहोरिन नदिन कञ्चनपुर प्रहरीलाई आग्रह गरिएको छ । पत्रकार महासंघका पदाधिकारी र पत्रकार बोहरा समक्ष कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासीनीले घटनाले दुखित तुल्याएको बताउदै आत्मआलोचना गर्नुभयो । अब उपरान्त घटना दोहोरिन नदिने प्रतिबद्धता जाहेर गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds