पत्रकार बोहरा माथि प्रहरीको नाङगो दुव्र्यवहार ‘हामीले चाहे जस्तोसुकै केशमा फसाईदिन्छु, तेरी श्रीमतीको नम्बर दे’

कञ्चनपुर

प्रहरीले कञ्चनपुरका पत्रकार डिबी बोहरामाथि जान्दा जाँन्दै नाङ्गो दुव्र्यवहार गरेको छ । अभियान दैनिकका उप सम्पादक पत्रकार बोहरा कागज प्लेट पु¥याउन कार्यालयदेखि जगदम्बा छापाखाना गईरहेका बेला बजारमा प्रहरीले उनलाई रोकेर दुव्र्यवहार गरेका हुन् । राती साढे १२ बजेतिर प्रहरीले कुनैपनि नगरिकलाई देखपछि रोकेर सोधपुछ गर्नु उसको कर्तव्य हो । तर, पत्रकार हुँ सर, हातमा कागज प्लेट छ । भन्दाभन्दै त्यहाँ खटिएका एक सई सहितका प्रहरीले नाङगो दुव्र्यवहार र अपशब्द प्रयोग गर्दै उनलाई धम्की समेत दिएका छन् । ‘म काम सकेर प्लेट कागज पु¥याउन साईकल चढेर छापाखाना जाँदै थिए, ‘पत्रकार बोहराले भने, ‘गल्ली नम्बर ३मा यूनिफर्म रहित ६/७ जना प्रहरी खटिएका थिए, मलाई रोकेर कहाँ जाँदै हुनुहुन्छ, भन्यो, मैले जवाफ दिए छापाखाना जाँदै छु, सर ।’ त्यहीबाट शुरु भयो, पत्रकार र वकिलले गर्नु गरेको छ, अनावश्यक मुद्दा उछाल्छन् । भनेर एकोहोर होच्याउँन थाले ।

बोहराले भने, घरको नम्बर माग्न थाले मैले छैन भने, अनि त यहाँ कहाँ बस्छन, को को बस्छन, आफुले श्रीमती बालबच्चा बस्छन भने, उनीहरुले तेरी श्रीमतीको नम्बर दे भनेर यतिसम्म समाजिक रुपमा होच्चाउने र पत्रकारमाथि दुव्र्यवहार गरे । ‘सिबिलमा भएकाले आफुलाई प्रहरी हुन कि अरु नै भनेर संका लागेर तपाईहरु प्रहरी भएको हो भने के प्रमाण देखाउ भने, ‘एक जनाले म सई हुँ यो भन्दा बढि प्रमाण के चहियो, भनेर धम्याउँदै हामीले चाहे जस्तो सुकै केशमा मुद्दा चलाएर फसाईदिन्छु भन्दै कानुनको खिल्ली उडाए । बोहरा माथि प्रहरीले धान खाने मुसो चुटाई पाउने बिरालो जस्तो कतैको रिस साँध्नका लागि दुव्र्यवहार गरेको देखिन्छ तर प्रहरीले भने पत्रकारमाथि दुव्र्यवहार नभएको दावि गरिरहेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता केशब बहादुर थापाले शुरुमै पत्रकारले परिचय पत्र देखाएको भए समस्या नै नआउने बताए । उनले घटना बारे थप बुझ्ने बताए । पत्रकार बोहरामाथि भएको दुव्र्यवहारको  पत्रकार महासंघ लगायतका संघ संस्थाले भत्र्सना गरेको छ । पत्रकार महासंघले समेत घटना भत्र्सनायोग्य भएको बताए । प्रेस संगठन नेपाल कञ्चनपुरका संयोजक राजेन्द्र प्रशाद अवस्थीले पत्रकार माथि भएको घटना दुखत भएको बताए । पत्रकार हुँ भन्दाभन्दै प्रहरीले गरेको दुव्र्यवहार गलत भएको टिप्पणी गरे । घटनाको छानबिन गरेर दोषि प्रहरी उपर कार्बाहीको माग अघि सारेर पीडित पत्रकारलाई न्याय दिनुपर्ने  बताए ।

प्रेस यूनियन कञ्चनपुरका सचिव मनोज भट्टले प्रहरीको दादागिरीशैलीले पत्रकारमाथि दुव्र्यवहार भएको बताउदै रोक्नुपर्नेमा जोडदिए । स्वतन्त्र पत्रकार संघका अध्यक्ष पुष्कर भट्टले पत्रकारमाथि भएको दुव्र्यवहार रोक्नुपर्ने बताउदै प्रहरी मेरो साथी कि दुस्मनको संज्ञा दिए । पत्रकार महासंघले घटना भन्र्सनायोग्य भएकाले दोषि प्रहरी उपर कार्बाहीको माग अघि सारेको छ । पत्रकार महासंघ कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीबाट भएको दुव्र्यवहारप्रति पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । कार्यालयबाट न्यूज प्रिन्ट सहित प्लेट बोकेर जगदम्बा छापाखाना गईरहेको बेला प्रहरीले रोकी चोरकै संज्ञा दिएर अपशब्द प्रयोग गर्दै सिङ्गो पत्रकार जगतको अपमान हुने तरिकारले गरेको व्यवहारप्रति महासंघ खेद प्रकट गरेको छ । कोरोना महामारीकै विच संचार क्षेत्रले नागरिक सुशुचित गराउन भूमिका निर्वाह गरिरहेका बेला सुरक्षा निकाय जस्तो जिम्मेबार निकायबाट यस्ता घटना हुनु दुखत भएको जनाएको छ । पत्रकार हुँ, भनेर परिचयत्र पत्र सहितका पत्रिका छपाउने कागज प्लेट देखाउँदा देखाउँदै प्रहरीबाट भएको दुव्र्यवहारको घटनाले (जो नागरिकको रक्षक) उही भक्षक भएको महासंघको ठहर छ ।

राज्यकै जिम्मेबारी संस्थाका व्यक्तिबाट प्रेसमाथि भएको यो घटनाले सिङ्गो संचार क्षेत्रकै अपमान र मनोबल गिराउने कामले आम पत्रकारलाई दुखित तुल्याएको छ । अव उपरान्त यस्ता घटना नदोहो¥याउन समेत पत्रकार महासंघ सम्बन्धीत पक्षलाई आग्रह गरेको छ । पत्रकार महासंघ कञ्चनपुरका सचिव अमर बहादुर चन्दद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घटनाको छानबिन गरि दोषि प्रहरी उपर कार्बाही नगरिए संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिईएको छ । पत्रकार बोहरामाथि प्रहरीले गरेको दुव्र्यवहारप्रति नागरिकले समेत प्रहरीको उदन्डताको पराकाष्ठा भएको जनाएको छ ।

ताजा समाचार