कञ्चनपुरका काँग्रेस नेता सिहलाई कोरोना

कन्ट्याक्ट टेसिङ्ग गर्न समस्या, उनी पार्टीका विभिन्न कार्यक्रममा सहभागि भएपछि नेता कार्यकर्ता त्रसित

कञ्चनपुरका 

नेपाली काँग्रेस कञ्चनपुरका नेता मिन बहादुर सिहलाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमित नेता मध्ये सिह पहिला नेता हुन् । काम विशेषले धनगढीका बेला संक्रमित एक कानुन व्यवसायीसंग भेटभाट भएपनि उनले पनि सेती प्रादेशिक अस्पतालमा स्वाब नमुना दिएका थिए । बुधबार सेती प्रादेशिक अस्पतालको रिर्पोटमा सिहलाई कोरोना पोजेटिभ देखिएपछि उनलाई महाकाली अस्पतालमा ल्याईएको छ । काँग्रेस कञ्चनपुरका पुर्व सह–सचिव समेत रहेका सिह यस अघि पार्टीका विभिन्न काममा सहभागि भएका थिए ।

काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ का सभापति दल बहादुर बोहराले १३ भदौँ यता कुनैपनि पार्टीका कार्याक्रममा सिह सहभागि नभएको बताए । ‘पार्टीका कार्याक्रममा महिना दिन पहिल्यै सहभागि भएका थिए, ‘उनले भने, ‘हालै कुनैपनि कार्यक्रममा सहभागि भएका छैनन् ।’ काँग्रेस नेता सिहको सम्पर्कमा आएका व्यक्तिलाई पिसिआर परीक्षण गरउन सभापति बोहराले आग्रह गरे । सरकारले कोरोना महामारीका बेला भिडभाँड नजुटाउन आग्रह गरेपनि काँग्रेस क्षेत्र नम्बर २ले महाधिवेशन, राहत वितरण, क्वारेन्टाईनमा अनुगमन लगायतका राजनीतिक कार्यक्रम गरेका थिए ।

उक्त कार्यक्रममा सभागि भएका काँग्रेस नेता कार्यकर्ता यतिबेला त्रसित भएका छन् । कोरोना महामारीका बेला भौतिक दुरी कायमको विकल्प नभएको स्थानीयको भनाई छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले सिहलाई आईसोलेशनमा राखेर उपचार गराईरहेको बताए । काँग्रेस नेता सिहलाई सहकर्मी लगायत विभिन्न राजनीतिक दलले आत्मबल बढाउन ढाडस दिईरहेका छन ।

ताजा समाचार