महेन्द्रनगरमा सैनिकलाई पनि कोरोना देखियो

कञ्चनपुर

कोरोना रोकथामका लागि फ्रन्ट लाईनमा रहेर काम गरिरहेका नेपाल प्रहरी, स्वास्थ्ययकर्मीसगै कञ्चनपुरमा नेपाली सेनामा पनि कोरोना देखिएको छ । नेपाली सेनाको कञ्चनपुरको भगतपुर ब्यारेकमा कार्यरत ३४ बर्षिया युवक सैनिक लेशनायकलाई कोरेना देखिएको हो । तलिम सकेर ब्यारेक आएका सैनिकमा कोरोना देखिएपछि महाकाली अस्पतालको आईसोलेशन कक्षमा राखेर उपचार भईरहेको छ ।

महाकाली अस्पताल स्रोतका अनुसार दुई दिन अघि मात्रै सैनिकमा कोरोना देखिएपछि आईसोलेट गरेर उपचार गरिरहेको जनाएको छ । नेपाली सेना स्रोतका अनुसार ति युवकमा कोरोना देखिएपछि ब्यारेकमा कडाई गर्दै आउजाउ पनि बन्द गरिएको छ । सुरक्षा निकायमा सरुवा, तालिम एक ठाँउबाट अर्को ठाँउमा आउजाउले पनि सेना, प्रहरी र सशस्त्र प्रहरीमा कोरोना सक्रमण बढिरहेको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले संक्रमित संैनिक अस्पतालमा आफै स्वाब दिन आएको बताए । अध्यक्ष जोशीका अनुसार उनीसंगै अन्य संक्रमितको समेत उपचार भईरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds