प्लाज्मा दान गर्ने व्यक्तिको खोजी

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस सन त्रासको विषम परिस्थितिमा सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना संक्रमित गम्भीर खालका बिरामीको प्लाज्मा थेरापीबाट उपचार शुरु गर्ने भएको छ । प्लाज्मा थेरापीबाट उपचार गर्न अस्पतालले प्लाज्मा दान गर्ने व्यक्तिको खोजी शुरु गरेको छ ।

आज एक सूचना जारी गर्दै अस्पतालले यस पद्धतिवाट उपचार सुरु गरिएको र मापदण्ड पुग्ने कोरोना संक्रमण भई निको भएकालाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमणबाट निको भएको कम्तिमा २ र बढीमा ६ हप्ता भएको व्यक्तिको रगत आवश्यक पर्दछ । कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुनाले प्लाज्मा छुट्याएर संक्रमित गम्भीर खालका बिरामीलाई प्लाज्मा चढाउने गरिन्छ ।संक्रमित भएर निको भएका व्यक्तिको शरिरमा बनेको एन्टिबडी संक्रमित व्यक्तिलाई प्लाज्मा चढाउँदा कोरोना भाइरसलाई मार्ने र संक्रमित व्यक्ति निको हुने चिकित्सकहरुले बताएका छन् ।

ताजा समाचार