नेवि संघ नेता चन्द व्यवयासमा

कञ्चनपुर

कञ्चनपुरका एक युवा विद्यार्थी नेता व्यवसायमा जुटेका छन् । काँग्रेस निकट नेपाल विद्यार्थी संघका निर्वतमान केन्द्रीय सदस्य एव सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समिति सभापति कैलाश चन्द व्यवसायमा जुटेका हुन् । राजनीतिसंगै उनले आत्मनिर्भरका लागि भन्दै व्यवसायलाई समेत अंगालेका छन् ।

चन्दले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर मदनचोक क्याम्पसरोड स्थित लुक्स फेशन वेयर खोलेका हुन् । सोमबार एक कार्यक्रमका विच उनका बाबु तथा पुर्व लेखापाल लोक बहादुर चन्दले उद्घाटन गर्दै ईमान्दारितापुर्वक व्यवसाय गर्न आर्शिवाद दिएका छन् । ‘राजनीति संगै व्यवसाय पनि शुरु गरेको छु, ‘उनले भने, ‘स्वच्छ राजनीतिकका लागि आफुपनि आत्मनिर्भर हुनुपर्छ ।’ लेडिज सम्बन्धी सम्पूर्ण सर समान राखिएको उनले बताए ।

‘व्यवसाय गरेर धेरै मुनाफा भन्दा पनि व्यवसायतिर पनि जोडिएको छु, ‘उनले भने, ‘संगै विद्यार्थीको हकहितका लागि काम गर्नेछु ।’ व्यवसाय खोलेको भन्दैमा पूर्ण व्यवसायतिर भन्दा पनि विद्यार्थीको हकहितका लागि काम गर्ने उनको प्रण थियो । विद्यार्थी नेता चन्दले कोरोन कहरकै विच जोखिम मोलेर व्यवसाय संचालन गरेसंगै उनका साथिभाई आफन्तले बधाई दिईरहेका छन् ।

ताजा समाचार

This will close in 10 seconds