सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले असोज देखी अनलाइन परीक्षा संचालन गर्ने, विद्यार्थी अन्योलमा

 कञ्चनपुर 

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ०६ गते को निर्णयानुसार स्थगन गरिएका पठनपाठन र परीक्षा संचालन हुन नसकेका परीक्षा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय असोज महिना देखि संचालन गर्ने निर्णय गरे पछी विद्यार्थी अन्योलमा परेका छन।

आइतबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले विश्वविद्यालयका पदाधिकारी क्याम्पस प्रमुख र विभागीय प्रमुखहरु सँगको छलफलबाट अनलाइन कक्षा संचालन गर्ने सम्बन्धि निर्णय भइ केही विषयमा अनलाइन कक्षा संचालन हुँदै आएकोमा अनलाइन कक्षालाई थप व्यवस्थित गर्ने भन्ने विषयमा मिती २०७७/०३/०५ को पत्र मार्फत विद्यूतिय (डिजिटल ) माध्यमबाट शिक्षण कार्य संचालन गर्ने निर्देशिका २०७७’ जारी गरि विद्यूतिय माध्यमबाट कक्षा संचालन गर्ने सम्बन्धित विभाग एवम् क्याम्पसहरु लाई निर्देशन दिएकोमा केही विषयमा कतिपय विद्यार्थी सम्पर्कमा नआएका र त्यस्ता विषयमा सबै विद्यार्थी अनलाइन कक्षाहरुमा नियमित उपस्थित हुन नसकेकाले विश्वविद्यालयले पुन: मिति २०७७/०४/२६ को पत्र मार्फत अनलाइन सम्बन्धि निर्देशिका अनिवार्य रुपमा कार्यान्वयन गर्न सम्बन्धीत क्याम्पस हरुलाई अनलाइन सुबिधा थप गर्न पढाइ संचालन गर्न र वैकल्पिक रुपमा परीक्षाको तयारी गर्न निर्देश दिई सकेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न लामो आँकलन गरीएकाले अनिश्चित समयसम्म शैक्षिक कार्य अवरुद्ध राख्नु उपयुक्त नभएकोले अनिवार्य रुपमा अनलाइन माध्यमबाट पठनपाठन गर्नुका साथै स्थगित परीक्षाहरु र शिक्षण पूरा हुन लागेका शैक्षिक कार्यक्रमहरुको यहीँ २०७७ असोज महिनादेखि परीक्षा संचालन गर्ने निर्णय भएकोले विश्वविद्यालयमा अध्यनरत सम्पुर्ण विद्यार्थीहरुलाई आफू अध्यनरत विभाग वा क्याम्पसमा तुरुन्त सम्पर्क राखी पठन पाठनमा सहभागी भई परीक्षाको तयारीमा जुट्न समेत सूचित गरिएको छ्। साथै सम्पुर्ण अभिभावक ,स्थानीय सरकारका प्रतिनिधि ,स्थानीय प्रशासन ,समाजसेवी ,बुद्धिजीवी तथा अन्य सबै सरोकारवालाहरुलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्यनरत कुनै विद्यार्थी आफ्नो सम्पर्कमा भए यसै सूचनालाई आधारमानी निजहरुलाई जानकारी गराई सहयोग गरिदिन हुन समेत अनुरोध गरिएको छ। विश्वविद्यालयका सम्पुर्ण विभाग ,क्याम्पस र डिन कार्यालयहरुलाई पनि विद्यार्थीहरुलाई सम्पर्कमा ल्याउन ,शिक्षण संचालन गर्न र परीक्षाको तयारी गर्न तदारुकताका साथ आवश्यक पहल गर्न गराउन भनी रजिस्ट्रार कार्यालयका डा .गोविन्दसिंह विष्ट रजिस्ट्रारको हस्ताक्षरमा उल्लेख गरिएको छ।

ताजा समाचार