फुटबल खेलाडी लाई मनकारी युवाको सहयोग

कञ्चनपुर

कञ्चनपुर जिल्ला स्थित महाकाली नगरपालिकामा फुटबल खेलाडी लाई मनकारी युवाले सहयोग गरेका छन् । आइतबार महाकाली नगरपालिका वडा न.७ दोधारा चादनी मा रहेको लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदान नियमित फुटबल प्रशिक्षण गर्दै आएका युवाहरु लाई मध्यनजर गर्दै आगामी दिनमा युवा वर्गलाई केही न केही गर्नु पर्ने र आफ्नो गाउँठाउका युवा लाई खेलकुद क्षेत्रमा अग्रसर बनाउने उद्देश्यका साथ स्थानीय मनकारी युवा समाजसेवी शुबम बरालले आफ्नो पोकेट खर्च बाट भए पनि फुटबल र आर्थिक सहयोग गरेको युवा जुझारु खेलाडी सन्तोष क्षेत्रीले बताएका छन् ।

आफुले युवा खेलाडी लाई विकृति विसंगति तिर कुनै किसिमको ध्यान नहोस् भन्दै सहयोग गर्न पाउदा आज धेरै खुसी व्यक्त गर्दै आगामी दिनमा अझै युवा वर्गलाई आफ्नो पोकेट खर्च कटौती गरेर भए पनि सक्दो सहयोग निरन्तर रहि रहने छ । युवा शुबम बरालले बताएका छन् । स्थानीय तहले खेलकुद क्षेत्रको नाम बजेट विनियोजन गरेता पनि कुनै किसिमको खेलाडीले लाभ लिन नसके र निकटतम आसेपासेले त्यसबाट लाभ लिने गरेको स्थानीय युवा खेलाडीले गुनासो गरेका छन् ।आगामी दिनमा खेलकुदको नाम मा विनियोजन गरेको बजेट रकम खेलाडी लाई लक्षित गर्दै सहि तरिकाले सदुपयोग हुनु पर्ने खेलाडी हरुको भनाइ रहेको छ।

महामारीको बेलामा पनि खेलकुद लाई मध्यनजर गर्दै सरकारले तोकेको नियमको पालन गर्दै सामाजिक दुरि कायम राख्दै अग्रज युवा खेलाडी सन्तोष क्षेत्रीको नेतृत्वमा निरन्तर २५ जना प्रशिक्षणमा रहेका छन् । समाजसेवी मनकारी युवा बराल दोधारा चादनिमा रहेको एन आर एन लगुबित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी समेत हुन।

ताजा समाचार