चाँदनी मल्लको सुदूरपश्चिम मेरा कलेजीमा (भिडियो सहित)

काठमाडौं

सुदूरपश्चिम स्वर्गसरी गीतको अपार सफलतापछि गायिका चादनी मल्लको सुदूरपश्चिम स्वर्गसरी भाग -२ ‘सुदूरपश्चिम मेरा कलेजीमा’ लोक देउडा गीतले बजारमा निकै चर्चा कमाएको छ ।

पछिल्लो समयमा एकपछि अर्को गर्दै निकै चर्चाको शिखरमा चुम्दै गरेकी गायिका एवं संचारकर्मी चादनी मल्ल र लोक दोहोरि गायक बिमल राज क्षेत्रिको सुमधुर आवाज रहेको छ । माधब बिष्टको शब्द संगीत रहेको यसमा गीतमा भुवन बडुको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा स्वयं गायिका चादनी मल्ल र शंकरसिंह बिष्ट रहनुभएको छ भने गीतको म्युजिक भिडियो निर्देशन तथा सम्पादन बिरेन्द्र भाट बिपिनले गरेका छन् ।पछिल्लो समय नेपाली गीतसंगीतको बजारमा आधुनिकता र पश्चिमी संस्कृति नक्कलको होडबाजीले गर्दा हाम्रो आफ्नै मौलिकता,परम्परा,रीति संस्कृतिहरु र हाम्रा लोक भाकाहरु लोभ हुने खतरा देखिरहेको अवस्थामा हाम्रै आफ्नै मौलिकपन बोकेको नेपाली लोक डेउडा सस्कृतिको जग्रेना र हाम्रो पहिचान सहित मध्य तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको नेपाली लोक डेउडा गीतले अहिले बजारमा राम्रो चर्चा पाइरहेको छ । सुदूर-पश्चिमाञ्चल सरक्षण मञ्च नेपालको प्रस्तुति हरितालिका तीज तथा सुदूरपश्चिमको मौलिक पर्व गौराको शुभकामना सहित बोकेर सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा जन्मिनुभएकि देउडा गीतसङ्गीतमा निरन्तर साधनारत चर्चित गायिका,नायिका एवं सञ्चारकर्मी चादनी मल्लको डेउडा गीत सुदूरपश्चिम स्वर्ग सरि भाग २“सुदूरपश्चिम मेरा कलेजीमा“गायिका स्वयंकै अफिसियल युटुब च्यानलबाट भदौ ५ गते सार्वजनिक भएको थियो।

सुदूरपश्चिमको कला-सस्कृतिक झल्केको गीतमा सुदूरपश्चिमको कला सस्कृति, रहन सहन र लाखौ नेपालीहरु गरिबी र बाध्यताका कारण प्रदेसिदाको पीडा गीतमा चित्रण गरिएको छ । राम सिंह भाटले बडो कुशलताका साथ गीतको छायांकन गरेका छन् । विगतका सिर्जनाझैं यो गीतले पनि सफलताको उचाइ चुम्नेछ भन्ने आशा छ र यस्तै सिर्जना सिर्जित भइरहुन सर्जकहरुमा हार्दिक शुभकामना छ। गीतको युटुब link यस्तो छ:

ताजा समाचार