ट्राफिक प्रहरी हवल्दारले गरे व्हिलचियरमा रहेका अपांङ्ग व्यक्तिलाई माक्स सहयोग

कंचनपुर
ट्राफिक प्रहरी हवल्दार भुपेन्द्र सिंह ठगुन्नाले अपांगता भएका व्यक्तिलाई माक्स लगाई दिएर सहयोग गरेका छन् । शनिवार जिल्ला टाफिक प्रहरी कार्यालय कंचनपुरमा कार्यरत हवल्दार ठगुन्नाले डयुटीका समयमा माक्स नलागाई ह्वीलचियर चलाईरहेका एक जनालाई आफैंले माक्स ल्याएर लगाई समेत दिएका छन् ।

हवल्दार ठगुन्नाले कोरोनाको संक्रमणको जोखिम रहेका बेला ती व्यक्ति माक्स नलगाएरै हिडेको देखेर आफूले आफनो सामाजिक कर्तव्य तथा मानवीय सेवा भाव जागृत भएकोले माक्स उपलब्ध गराएको वताएका छन् । साथै उनले सबैलाई माक्स अनिवार्य रुपमा लगाएर मात्रै घर बाहिर ननिस्कीन आग्रह समेत गरेका छन् ।

विश्व महामारीका रुपमा रहेको कोराना संक्रमण जिल्लामा बेला प्रहरी तथा टाफिक प्रहरीले मास्क लगाउन सबैलाई अनुरोध गर्दै आएको छ भने कतिपय पटक पटक अटेरी गर्नेलाई कारवाही समेत गर्दै आएको छ ।

ताजा समाचार