सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण अभियानबाट १४ हजार महिला लाभान्वित

कंचनपुर

कोभिड १९ –कोराना भाईरस मारमा परेका कंचनपुरमा विपन्न तथा समस्यामा परेकाहरु समुदायहरुले पौष्टीक आहार पाएका छन् । माईती नेपाल कंचनपुरद्वारा संचालित ५६ दिने महिलाका लागि सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण अभियानबाट १४ हजार विपन्न तथा गरिब समुदायका महिला लाभान्वित भएका हुन् । १६ असार २०७७ देखि संचालन गरिएको ५६ दिने उक्त पौष्टिक आहार वितरण कार्यक्रम मार्फत बुधवार सम्म १३ हजार ९ सय ५६ जना र बिहीवार मात्रै ४० जना भन्दा बढी महिलाहरुलाई पौष्टिक खाना वितरण गरिएको माईती नेपालकी जिल्ला संयोजक महेश्वरी भट्टले जानकारी दिएकी छन् ।

भीमदत्त नगरपालिकाममा १० हजार ५ सय ४० जना, वेदकोट नगरपालिकामा ८ सय १२ जना, शुक्लाफाँटा नगरपालिकाक र र लालझाँडी गाउँपालिका (ढक्का शिविर) मा २ हजार १ एक ४८ जना लाई पौष्टीक आहार वितरण गरिएको छ । उनले भनिन् ,‘‘ हामीले आज ५६ दिनमा अभियान सम्पन्न ग¥यौं, जसबाट १४ हजार विपन्न तथा बन्दाबन्दीले समस्यामा परेका समुदायका महिला दिदिबहिनी तथा बालबालिकाहरुको लाभान्वित हुनुभएको छ ।’’
भीमदत्तनगर १८ सुकम्बासी टोलकी सुनारले कार्यक्रमले एकै छाक भएपनि संकटका घडीमा पौष्टिक आहार पाउँदा आफूलाई अत्यन्तै खुसी बनाएको वताएकी छन् ।

साथै उनले काम गर्न नपाउँदा आफूहरुलाई खाना खान समेत धाउधाउ हुने गरेकी वताईन् , उनले भनिन्,‘‘ एक छाक मिठो खाना खुवाउनु भोे धन्यवाद, तर कामधाम नभएर परिवारमा गाहे छ ’’। अभियान समापन समारोहका प्रमुख अतिथि रहेकी भीमदत्त नगरकी उप प्रमुख शुशिला चन्दले कोरोना महामारीको समयमा स्थानिय सरकारसँग समन्वय गरी गरेको कार्य सरहानीय भएको र यसले धेरथोेर मात्र भएपनि विपिन्न तथा गरिव समुदायलाई राहात पुगेको वाताएकी छन् । उनले भनिन्, ‘‘ रोगले भन्दा भोकले मर्छौ की भन्ने महासंकटको अवस्थामा अलिक मात्र भएपनि रातह पुगेको छ ’’ ।

निकट भविष्यमा खाद्य संकटसँग जुध्नुपर्ने अवस्थामा सबै सहयोगी हातहरु मिलेर अगाडी बढ्नुपर्ने मा जोड दिईन्् । पौष्टिक आहार वितरण अभियान पुनः संचालनमा आउने माईती नेपालले जनाएको छ । सामाजिक संस्था माईती नेपाल कंचनपुरले आई.यान्. वमेन गैरसरकारी संस्थासँगको सहकार्य तथा स्थानिय निकायहरुसँग समन्वयमा सफलताका साथ सम्पन्न गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds