स्थानीय र सुरक्षाकर्मीमाथि हातपात गरेर राजमार्ग क्षेत्रमा उत्पात मच्चाउने युवक प्रहरी नियन्त्रणमा

कञ्चनपुर
स्थानीय र सुरक्षाकर्मीमाथि हातपात गरेर राजमार्ग क्षेत्रमा उत्पात मच्चाउने एक युवकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
बिहीबार एका बिहानै बेदकोट नगरपालिका राजमार्ग क्षेत्रमा स्थानीयमाथि कुटपिट र राजमार्ग क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि हातपात गरेर उत्पात मच्चाउने दोधाराका बिरेन्द्र बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राजमार्ग क्षेत्रमा गैर कानुनी गतिबिधी गर्ने महाकाली नगरपालिका ७ दोधाराका बोगटीलाई ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ । दैजीमा स्थानीयलाई कुटपिट गरिरहेका बेला सशस्त्र प्रहरी निरीक्षक ईश्वरी दत्त भट्टले किन नागरिक माथि कुटपिट गरेको भन्दा उनीसंग जाई लागेका थिए । बोगटीले भट्टमाथि पनि ढुङ्गा लगेर प्रहार गर्न खोजेका थिए । सोही क्रममा भट्ट चढेर मोटरसाईकल लगेर झलारी गएका थिए । झलारीमा सशस्त्र प्रहरीले रोक्दा केही सशस्त्र प्रहरीमाथि पनि उनले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।

झलारीमा उनलाई नियन्त्रण लिन खोज्दा नाङ्गै भएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरीले बोगटीलाई नियन्त्रणमा लिएर ईप्रका झलारीमा राखेको छ । ईप्रका झलारीका इन्चार्ज धर्मेन्द्र रावलले सुरक्षाकर्मी र सर्वसाधारणमाथि कुटपिट अभद्र व्यवहार गर्ने बोगटीमाथि कार्बाही गरिने बताए । राजमार्ग क्षेत्रमा नागरिक सहित सुरक्षाकर्मीमाथि जाईलाग्नेलाई कार्बाहीको स्थानीयले माग अघि सारेका छन् ।

ताजा समाचार