भीमदत्त र बेदकोटका कोरोना सक्रमितले १९ जनाले कोरोना जिते

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका क्षेत्रका १९ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमित भई उपचारका लागि महाकाली अस्पतालको आईएसोलेनमा उपचारार्थ भीमदत्त नगरपालिकाका १० र बेदकोटका ९ जनाले कोरोना जितेका हुन् । महाकाली अस्पतालको आईसोलेशन कक्षमा उपचारार्थ भएका १९ जनालाई बुधबार डिस्चार्ज गरिएको हो । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले संक्रमित निको भएर घर गएको बताए ।

भीमदत्त नगरपालिका क्षेत्रका उदयदेव पण्डित, धर्मराज पण्डित, गणेश सिह ठाकुर, चन्द्र देव पैताला, मनिषा भट्ट, निता धामी, ईषिका विष्ट, मोहन बहादुर चन्द, कल्यान सिह भण्डारी, हिरा चन्द र बेदकोट नगरपालिका क्षेत्रका प्रमानन्द जोशी, डम्बर बोहरा, मनिषा जाग्री, राम ब. बोहरा, सिवानी बोहरा, मञ्जु बोहरा, जानकी कठायत, शाहीस कठायत, अनुराधा कठायत रहेका छन् । उनीहरुलाई अध्यक्ष जोशीले एक दुई साता पुन होम क्वारेन्र्टानमै बस्न र अनाधिकृत भिडभाँड र अनावश्यक नघुम्न सुझाव दिएका छन् । अध्यक्ष जोशीका अनुसार १९ जना कोरोना जितेर आएपछि थप १० जना कोरोना संक्रमित भर्ना भएका छन् । शुक्लाफाँटा नगरका ८ र महाकाली नगरपालिका २ जना भर्ना भएका हुन् । महाकाली अस्पतालले सयौँ कोरोना बिरामी निको पारेको छ ।

ताजा समाचार