नेपाल स्वयंसेवक संघ अछाम जिल्ला कमिटी चयन अध्यक्षमा: ढुंगाना

कञ्चनपुर 
नेपाल स्वयंमसेवक संघ विस्तारको क्रममा अछाम जिल्ला कमिटी गठन भएको छ । नेपाल स्वयंमसेवक संघ सुदूरपश्चिम प्रदेशले जिल्ला कमिटी गठन गरि अध्यक्षको जिम्मेवारी प्रमिला ढुंगाना लाई दिएको छ। देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी अछामको अध्यक्ष पदमा प्रमिला ढुंगाना ,उपाध्यक्ष जगत वड ,सचीव पुजा बुडा,सह-सचीव बम बहादुर विश्वकर्मा,कोषाध्यक्ष पार्वती बिष्ट र जिल्ला सदस्यमा क्रमश राजेन्द्र ढुंगाना ,कमला उपाध्याय ,निरा रिमाल,सरस्वती के.सी,जनक ढुंगाना करण थापा लाई चयन गरिएको नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेशका महासचिव नरेन्द्र सिंह बोहराले जानकारी दिएका छन।
आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति बिकासका लागि र समाज परिवर्तन गर्न युवा लाई लक्षित गरि अगाडि बढ्ने हो भने सम्भव नहुने कुरा केही पनि छैन । त्यसैले अव नयाँ शाहसको साथमा सामाजिक तथा युवाहरुको नेतृत्वका सामाजिक कार्य अगाडि बढाउनका लागि संस्थाले काम गर्नका साथै आउँदा दिनमा युवाको लागि क्षमता बिकास र समाजसेवाका लागि यस्ता संगठनको भूमिका उल्लेखनीय रहने छ।

 

ताजा समाचार