बेलडाँडी दलित हकहित संजालको संयोजकमा : दिनेश सुनार

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका अन्तरगत गाउँपालिका स्तरिय दलित हकहित संजाल गठन भएको छ । युवा समाजसेवी दिनेश सुनारको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको नव संयोजक तथा युवासमाजसेवी दिनेश सुनारले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।
उहाँका अनुसार दलित हक अधिकार लगायत शिक्षा, स्वास्थ्य, खेलकुद, स्थानीय विकास, सुशासन जस्तामा दलितको अधिकार सुनिश्चि गर्नका लागि कमिटि गठन गरिएको बताउनु भयो । जातिय विभेदका कारण समुदायमा विभिन्न घटना घट्ने गरेकाले दलितले पाउने अधिकारका बारेमा यो समितिले बढी कार्यगर्ने जनाइएको छ । आफ्नो समुदायले विश्वासका साथ आफुलाई दिएको जिम्मेवारी पुरागर्ने वहाँले बताउनु भयो ।
सामाजिक कार्यमा निरन्तर लागेका वहाँले विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । सामाजिक कार्यमा निकै चासो राख्ने वहाँले बेलडाँडी क्षेत्र विकासका लागि युवापिडिबाट महत्वपुर्ण भुमिका निर्वाह गर्दै आउनु भएको छ । बाकी सदस्य केहिदिनमै मनोनित गरेर समितिलाई पुर्णता केहिदिनमै दिइने जनाइएको छ ।

ताजा समाचार

This will close in 10 seconds