सिद्धनाथ मावि व्यवस्थापन समितिको अध्यक्षमा : गिरी

कञ्चनपुर
कञ्चनपुर जिल्लाको बेलडाँडि गाउँपालिका स्थित रहेको सिद्धनाथ माध्यमिक विद्यालयको निकै लामो समय देखि विवादित रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसहमत मदन राज गिरी चयन भएका छन्। विद्यालय व्यवस्थापन समिति को अध्यक्ष पदमा मदन राज गिरी लगायत सदस्यमा क्रमशः हरि प्रशाद जोशी ,पुस्प कमल पन्डित , लोकमाया जेठारा ,गोरे थापा ,धौली साउद चयन गरिएको छ।
विद्यार्थी जीवनकाल देखि नै अब्बलता तल्लीन रहेका अध्यक्ष गिरी अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरेका एक संक्षम योग्य ,दक्खल, क्षमतावान ,ब्यक्ति उनि कञ्चन पब्लिक स्कूल का पूर्व प्रिन्सिपल भएर महत्वपूर्ण जिम्मेवारी बहन गर्दै करिब १२ बर्ष शिक्षण पेशा लाई निरन्तरता दिएका थिए। तर हाल भने सामाजिक क्षेत्र मा सक्रिय रहँदै आउनुभएको छ। अहिले सम्म निर्बाचित भएका र सर्वसहमतिले चयन भएका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मध्य सिद्धनाथ मा वि को लागि गिरी स्नातक गर्ने पहिले अध्यक्ष हुन।
आँखाभरि सपना अनि झोला भरी किताब बोकेर आफ्नो भाग्य र भविष्यको रेखा कोर्न सिद्धनाथ मावि मा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थि हरुको भबिस्य उज्जवल पार्न शिक्षा र खेलकुद क्षेत्र लाई चुस्त दुरुस्त बनाई दक्षिणि क्षेत्र को एक उदाहरणीय विद्यालय बनाउन आफू र हाम्रो समिति सधैं तल्लीन रहने छौँ । अध्यक्ष गिरिले बताउनु भयो।

ताजा समाचार