हुलाकी सडक पुल निर्माण ढिलासुस्ती प्रकरण

जनबाहनीद्वारा समयमै पुल निर्माण र दोषि पक्षउपर कार्बाहीको माग

कञ्चनपुर

कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने हुलाकी राजमार्ग अन्र्तरगत बल्मा नदीमा निर्माणाधिन पुल निर्माणमा चरम लार्पबाही र ढिलासुस्ती भएको भन्दै जनबाहनी नेपालले भत्र्सना गरेको छ ।
जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा(सुर्य) लगयतले म्रगलबार जन सरोकारको विषय भएकाले पुल क्षेत्रको स्थलगत अनुगमन गरेर निर्माण ढिलाई कार्यको बिरोध र भत्र्सना गरिएको बताए । ‘पाँच बर्ष अघि पुल निर्माणका लागि ठेक्का भएको पुल अझै निर्माण भएको छैन, ‘उनले भने, ‘बर्षातमा जनताका दुख देखेर बिरोध गरेका हौँ ।’ पुल निर्माण ढिलाईमा स्थानीय, प्रदेश र संघीय सरकार उदाशिन मात्र नभई जनताप्रति अनुत्तरदायी गैर जिम्मेवारीपनका कारण ठेकेदारले ढिलासुस्ती गरेको आरोप लगाए । ‘यो पुल निर्माणमा ढिलाई गर्नुको कारण सबैतिर कमिसनले स्थानीय सरकारदेखिका जिम्मेबार निकाय मौनछन, ‘संयोजक ओझाले भने, ‘कमिसन खाँदा किन जनताको पक्षमा बोल्नु ।’
पुल निर्माण नहुँदा कञ्चनपुरका जनताले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताउदै उनले यथाशिघ्र निर्माणमा जोडदिए ।
पाँच बर्षसम्म पनि कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी सडकखण्ड अन्र्तरगत बल्मा नदीमा पुल निर्माण भएको छैन् । सरकारी निकाय सडक डिभिजन कार्यालयले ताकेदा नगर्दा र ठेकेदार कम्पनीले निर्माणमा गम्भिरता नदेखाएर लार्पबाही गर्दा बल्मा नदीमा पुल अधुरै रहेको हो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगर र निर्माण कम्पनीको चरम लार्पबाहीका कारण सम्झौता सकिएको पनि दुई बर्ष वितिसक्दा पनि अझै पुल निर्माण हुन सकेको छैन् ।
एमएसकेएस एडभेन्चर नन्देगडा जेभीले सडक डिभिजन कार्यालयसंग ०७४ पुष २६ गतेभित्र पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, सम्झौता सकियो, अहिलेसम्म पनि पुल नबन्दा दक्षिणी क्षेत्रका जनतालाई दैनिक आवत जावतमा समस्या भएको छ ।
निर्माण कम्पनी र सडक डिभिजन कार्यालय महेन्द्रनगरवीच २०७२ पुष २७ गतेदेखि निर्माणको काम शुरु गरि २०७४ पुष २६ गतेसम्म पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो । ९७ मिटर लम्बाई ११ मिटर चौडाईको पुल निर्माणका लागि ८ करोड, ४७ लाख बराबर लगायतको स्टमेट गरिएपनि निर्माण कम्पनीले ६ करोड, ८० लाख रुपैयामा सम्झौता गरेको थियो ।
पाँच बर्षमा दुई स्पान पुलको ढलान गरिएका छन । पुल निर्माण नहुँदा यात्रुले जोखिम मोलेर मात्र नभई बर्षातमा रकम तिरेर आवत जावत गर्नु परेको बाध्यता छ । यस बर्ष असारदेखि नै यात्रुले नदी तर्नका लागि रकम तिरेर आवत जावत गर्नु परेको छ ।
बर्षातमा नदीको बहाव बढ्दा साईकल, मोटरसाईकल र अटो तैरन समस्या हुने भएकाले सवारी साधन तराईदिए बाफत यात्रुले रकम तिर्नु परेको छ ।
तत्तकालिन जिल्ला विकास समिति कञ्चनपुरले १० बर्ष अघि निर्माण गरेको स्लेभ नदीको दुई ठाँउमा टुट्दा ठुल ठुला खाडल परेका छन । ‘नदीको विचमा दुई खाडल छन, ‘कमै पानी भएपनि अटो तराउन सकिदैन, ‘अटो चालक देवराज जोशीले भने, ‘दुई पटक अटोको मुल ईन्जिन बिग्रीसक्यो, कमाएको पैशामा अटोकै लागि ठिक्क हुन्छ ।’
प्रायजसो अटो चालक मारमा पर्ने उनले बताए । ‘कतिपय साथिहरुका अटो ईन्जिन नै सिज भएका छन, ‘उनले भने, ‘एकातिर अटोको ब्याज तिनुपर्ने अर्कातिर कमाएको रकम बनाएर त्यतिकै सकिन्छ ।’
‘नदीमा पानीको वहाव बढेपछि वारपार गर्न सकिदैन, पुलको तल रहेको स्लेभ समेत टुटफुट भएपछी झन जोखिम बढेको छ, ‘बेलडाँडीका स्थानीय सुरेन्द्र देउवाले भने, ‘मोटरसाईकल चालक सुरेन्द्र देउवाले साईकल, मोटरसाईकल र अटो तराए बाफत स्थानीयले ५० रुपैयादेखि २ सय रुपैयासम्म लिने गरेका छन् ।’
स्थानीय युवाहरुले पनि जोखिम मोलेर हामीहरुका सवारी साधन तराईदिनु ठिकै हो, तर पाँच पाँच बर्षसम्म पनि पुल नबनाउने ठेकेदार र सडक डिभिजन कार्यालयलाई दोषि रहेको उनको भनाईछ ।
सरकारले जनताको सुविधाका लागि पुल निर्माण गर्न योजना दिएपनि सडक डिभिजन कार्यालय र ठेकेदारको उदाशिनताका लागि बर्षनी स्थानीयले समस्या खेप्नु परेको उनको अनुभव छ ।
पुल निर्माणको काम रोकिएपछि स्थानीयले ठेकेदार भागेको आरोप लगाएका छन् । बेल्डाँडीका स्थानीय दिनेश ठकुराठीले सरकारले जनतालाई विकास दिन नसकेको बताए ।
‘सरकारले ठेक्का दिन्छ, ठेक्का सम्झौता अनुसार काम हुँदैन्, ‘उनले भने, ‘सबैतिर कमिसन वितरण गर्नुपर्छ, निर्माणको काम आफै ढिलासुस्ती भयो ।’ अहिले बर्षातमा नदी आएका बेला आवत जावत पनि ठप्प भएको बताउदै उनले ठेकेदारले काम गर्न छाडेर फरार भएको बताए । ‘पुल बनिरहेको थियो, ‘उनले भने, ‘यस पटकको बर्खामा पुलबाटै यात्रा गर्न पाईने आशा थियो, तर त्यो आशा निरासामा परिणत भयो, फेरीपनि तलबाटै जोखिमपुर्ण यात्रा गर्नु परेको छ ।’ शुरुवाती चरणदेखि नै निर्माणका लार्पबाही भएको उनले भनाई छ ।
निर्माण कम्पनीले सम्झौता अनुसार काम गर्न नसक्दा दुई पटक म्याद थप गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी लक्ष्मण दत्त जोशीले कार्यालय र ठेकेदार कम्पनीबाट स्टमेटमा त्रृटी हुँदा निर्माणमा ढिलाई भएको स्र्वीकार गरे । यस बर्ष पुल पुरा निर्माण हुने सडक डिभिजन कार्यालयले दावि गरेको छ ।
उनले नयाँ स्टमेट अनुसार ठेकेदार कम्पनीले काम नगरिदिदा ढिलाई भएको बताए । ‘हाम्रो तर्फबाट शुरुमा केही प्राविधिक कमिकमजोरी भयो, ‘उनले भने, ‘त्यसपछि ठेकेदार कम्पनीले पुरानै स्टमेट अनुसार काम गर्दा समस्या    भयो ।’
शुरुको ठेक्कामा कम परिमाण थियो, अहिले केही बृद्धि भएकाले निर्माण कम्पनीले बखेडा झिकेर काम रोकेको उनले बताए । तर, कार्यालयले निर्माण कम्पनीसंग ताकेता गरिरहेको सुचना अधिकारी जोशीले बताए । उनले बर्षातका कारण पुल निर्माण कार्य रोकिएको बताए । ‘अहिले बर्षात छ, पानी राकिएको छैन, ‘निर्माण कम्पनीले पनि काम गर्न चाहेको छ, तर हामीले पानी कम भएपछि काम गर्न भनेका छौँ ।’
एमएसकेएस एडभेन्चर नन्देगडा जेभीका संचालक धुव्र कुँवरले विभिन्न कारणबाट निर्माण कार्य ढिलाई भएको स्र्वीकार गरेका थिए । उनले कार्यालय सहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले ६ महिना काम रोकेको बताउदै उनले नाकाबन्दी, लकडाउन, पुलको डिजायन परिर्वतन अनुसार काम गर्दा ढिलाई भएको बताएका थिए ।
बषौँदेखि पुलको अभाव खेप्दै आएका दक्षिणी क्षेत्रका स्थानीयले भने जनताको विकास निर्माणमा वेवास्ता नगर्न समेत आग्रह गरेका छन् । सबै निकायले जिम्मेबारीपुवर्क कर्तव्य निर्बाह गर्नुपर्नेमा स्थानीयले जोडदिएका छन् ।
राज्यबाट जनताका लागि विनियोजित सेवा सुविधामा दोहन नगर्न समेत आग्रह गरेका छन् । पुल निर्माणमा काम काट्ने तरिकाले कमसल गुणस्तरहिन काम गरेर त्यसका बिरुद्धमा अख्तियार धाउने लगाउने कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।
हिँउदमा धुलाम्मे, बर्षातमा हिलाम्मे सडकले समग्र दक्षिणी क्षेत्रका जनताको दैनिक जिवनस्तरमा असर पु¥याउनका साथै कञ्चनपुरको विकास निर्माणमा समेत बाधा उत्पन्न गरेको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि पुर्वपश्चिम महेन्द्रराजमार्गको दैजी भएर दक्षिणी जोड्ने उक्त सडकमा पर्ने पुल निर्माणमा ढिलाई हुँदा स्थानीय निरास भएका छन् ।

Chat conversation end
Type a message…

ताजा समाचार