चट्यान पर्दा तीन घाईते

लाल ब. एसके

सोमबार राती चट्यान पर्दा कञ्चनपुरको बेलौरीका तीन जना घाईते भएका छन् । बेलौरी नगरपालिका १ राधा मन्दिरमा चट्यान पर्दा तीन युवक घाईते भएका हुन् ।

ईलाका प्रहरी कार्यालयल बेलौरीका इन्चार्ज रण ब. चन्दले मन्दिरमै चट्यान पर्दा मन्दिरको पेटीमा फेसबुक चलाईरहेका लोकेन्द्र चन्द, सुजन शाही र नरेश शाही घाईते भएको बताए । उनका अनुसार तीनै जनाको उपचारका लागि सेती अस्पताल पठाईएको छ ।

ताजा समाचार