नेपालमा थप ८ सय ३८ जनामा कोरोना पुष्टि


विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ का संक्रमण दिनप्रतिदिन बढ्दै गएको यो विषम परिस्थितिमा आज नेपालमा थप नयाँ कोरोना पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर भएको परीक्षणमा ८ सय ३८ जनामा कोरोना पुष्टि भएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर प्रसाद गौतमले पाँच सय ४६ पुरुष छन् र दुई सय ९२ महिलामा कोरोना पुष्टि भएको बताए। योसँगै नेपालमा संक्रमितको संख्या ३० हजार चार सय ८३ पुगेको छ। बितेको २४ घण्टामा दुई सय ५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्।

योसँगै निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ। भने धनगढी कैलालीमा १४ महिला १६ पुरुष ,गोदावरी कैलालीमा ४ पुरुष र बान्नीगढि जयगढ -५ मा एक महिला एक पुरुष गरि आज सेती प्रादेशिक प्रयोगशालाबाट सुदूरपश्चिममा ३६ जना नयाँ पुष्टि भएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img