भीमदत्त नगरपालिकामा शिक्षक संघद्वारा ज्ञापन पत्र

कञ्चनपुर

काँग्रेस निकट नेपाल शिक्षक संघले विभिन्न माग अघि सारेर कञ्चनपुरको भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नेपाल शिक्षक संघ भीमदत्त नगर समितिले विभिन्न माग अघि सारेर ज्ञापन पत्र बुझाएको हो । शिक्षक संघ सुप प्रदेशका अध्यक्ष बिर्ख ब. मल्ल, कञ्चनपुरका सचिव नविन सिह धामी, संघका नगर अध्यक्ष मदन बहादुर विष्ट सहितको उपस्थितिमा ज्ञापन पत्र बुझाएको ज्ञापन पत्रमा दरबन्दी मिलान स्थगतको माग अघि सारिएको छ ।

शिक्षा ऐन २०२८को दफा ११को उपदफा ५ खण्ड च बमोजिम कक्षागत शिक्षक राख्नुपर्ने, कोडिभ महामारीका बेला वैकल्पिक कक्षा संचालनमा जोड दिईएको छ । शिक्षक संघ भीमदत्त नगरका अध्यक्ष मदन बहादुर विष्ट, सचिव धर्मराज जोशीले हस्ताक्षर गरेको विज्ञप्तीमा संघले उठान गरेका विषयमा गम्भिर नभए संघर्षको चेतावनी दिईएको छ । संघले भीमदत्त नगरपालिका प्रमुख प्रशाकीय अधिकृत पुष्कराज भट्टलाई ज्ञापन पत्र बुझाईएको छ ।

ताजा समाचार