ब्रम्हेदब क्षेत्रको सीमा अनुगमन

‘हाम्रो एक इन्चभूमि छोड्दैनौँ, अर्काको लिदैनौँ

कञ्चनपुर

सामरिक महत्व बोकेको कञ्चनपुरको उत्तरी भेग भीमदत्त नगरपालिका ९ ब्रम्हदेब सीमा क्षेत्रको अनुगमन गरिएको छ । बिहीबार जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्ग, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, नेकपा नेता समेत रहेका अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले ब्रम्हदेब क्षेत्रको सीमा स्थलगत अनुगमन गरेका हुन् । स्थलगत अनुगमन गर्दै भारतीय पक्षबाट स्ट्रीप नक्साकै आधार मानेर नेपाली भूमिमाथि अतिक्रमणको कुचेष्टा भएको निष्कर्ष निकालेको छ ।

अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले भारतीय पक्षले स्ट्रीप नक्सालाई आधार मानेर कञ्चनपुर सहित नेपालको भूमि हडप्त प्रयास गरेको भन्दै सो नक्सामा गम्भिर त्रृटी भएको बताए । ‘स्ट्रीप नक्सा एकतर्फ रुपमा बनाईएको छ, ‘उनले भने, ‘नेपालमा चलेको जनयुद्धका बेला गरिएको संयुक्त सर्वेमा त्रृटी भएको छ ।’ संलग्न कर्मचारीमाथि कार्बाही गर्नुपर्ने बताउदै उनले तत्तकालिन नेपालका तर्फबाट गएको संयुक्त नापी टोलीका प्रमुख मधुरमान मास्के सहितको सम्पती छानबिन र देशद्रोहको मुद्दा लगाउनुपर्नेमा जोडदिए । बषौँदेखि भोकचलन मात्र नभई सरकारले लालपुर्जा समेत दिएको जमिन भारततिर देखाएर राष्ट्रघात गरिएकाले तुरुन्तै स्ट्रीप नक्सा खारेजीको माग अघि सारे । संयोजक भट्टले स्ट्रीप नक्सा खारेजीका लागि सरोकार समुहले संघीय राजधानीमा गएर जनप्रतिनिधी, राज्य व्यवस्था समिति, परराष्ट्रमन्त्री सहितको ध्यानाकर्षण गराईएको बताए ।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नक्सा खारेजीको माग गरे । भारतीय पक्षले स्ट्री नक्साकै आधारमा नेपाली भूमि आफ्नो भएको अनावश्यक दावि गरिरहेको उनले बताए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले कसैको एक ईन्चभूमि पनि लिदैनौँ, आफ्नो एक ईन्चभूमि पनि नदिने बताए । सीमा रक्षाका लागि बिनाबर्दीका जनताको उच्च सम्मान गर्दै मेयर विष्टले सीमा विवाद कुटनीतिक ढङगबाट अघि बढाउनुपर्नेमा जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले स्ट्रीप नक्सा खारेजीका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउँदै, घात गर्ने कर्मचारीलाई कार्बाहीको माग अघि सारे ।

भीमदत्त नगरपालिका ९का वडाध्यक्ष राम नाथले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका बिओपी स्थापना संगै भारतीय सुरक्षाकर्मी हतियार सहित नेपाल आउँन हिचकिचाएपनि नेपाली भूमिमाथि अनावश्यक दवाव दिदै आएको बताए । सीमा क्षेत्रको विवाद टुङ्गो लगाउन सीमा एकिनमा उनले जोडदिए । स्थानीयले कहिल्यै विवाद नहुने हिसाबले सीमा टुङ्गो लगाउनुपर्नेमा सुझाव दिएका छन् ।

ताजा समाचार