जनसरोकारको आठऔं स्थापना दिवसका अवसरमा अनाथालयलाई खाद्यान्न तथा फलफूल वितरण

कञ्चनपुर
जनसरोकार पोष्ट राष्टिय दैनिकले आफ्नो स्थापना दिवस तथा ८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यतामा साथ मनाएको छ । वैतडी र कंचनपुरबाट एकसाथ प्रकाशित हुँदै आएको जनसरोकार पोष्टले स्थापना दिवसको शुभअवसरमा विहिवार एक कार्यक्रमका बिच महाकाली अनाथालय महेन्द्रनगरका बालबालिकाहरुका लागि खाद्यान्न तथा फलफूल वितरण गरिएको हो ।

पोष्टका प्रकाशक तथा सम्पादक राजेन्द्र अवस्थीले महाकाली अनाथालय कंचनपुका व्यवस्थापक दामोदर भट्टलाई खाद्यान्न तथा फलफूल हस्तान्तरण गरेका छन् । जनसरोकार पोष्टका प्रकाशक / सम्पादक अवस्थीले पत्रिकालाई यहाँसम्म पुगाउन साथ सहयोग गर्ने सम्पूर्णशुभेच्छुक, शुभचिन्तक एवं विज्ञापनदाता लगायत सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्नुकासाथै आगमी दिनमा पनि पत्रिकाले समाजमा रहेका विकृति विसंगतीका विरुद्धमा अवाज वुलन्द गर्दै जाने र सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ ।

जनसरोकार पोष्टले सुदूरपश्चिम क्षेत्रका जनताका साझा समस्या, राष्ट्रियता, जनजिविका सवालमा मुद्दा उठाउँदै आएको छ । अवस्थीले सानै भएपनि सामाजिक उत्तरदायित्वको भावना र मानवीय सेवाको उत्कट चाहनाले अनाथालयमा खाद्यान्न तथा फलफुल वितरण गरेको र आगामी दिन पनि यस्ता सामाजिक सेवा कार्य गर्दै जाने वताउनुभएको छ ।
सो अवसरमा अनाथालयका बालबालिकाहरु, पत्रकारहरु र अनाथालका व्यवस्थापकहरु लगायतको उपस्थिती रहेकोे थियो ।

ताजा समाचार

This will close in 10 seconds