मुख्यमन्त्री भट्ट द्धारा पीसीआर मेसिनको उद्धघाटन

डाेटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टद्धारा डाेटी अस्पतालमा नयाँ जडान गरिएको पीसीआर मेसिनको उद्घाटन गरेका छन् । काेराेना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि प्रदेशका तीन स्थानमा पीसीआर प्रयाेशाला निर्माण गर्ने सुदूरपश्चिम प्रदेश सरकारकाे निर्णय अनुसार डाेटी जिल्ला अस्पतालमा जडान प्रयाेगशालाकाे आज मंगलवार उद्घाटन गरिएको हाे । मेशिन जडान कार्य पूरा भएको र आज उद्घाटनसँगै कोरोना भाइरस सम्बन्धी स्वाब परीक्षण गर्न सकिने बायो मेडिकल इन्जिनियर जय साउदले बताए। प्रदेश सरकारद्वारा स्थापित धनगढीमा दाेस्राे प्रयाेगशालाकाे मुख्यमनत्री भट्टले नै उद्घाटन गरिसकेका छन ।

अव बैतडीमा पिसिआर मेशिन जडान कार्य भइरहेको तर सेवा सुचारु गर्न भने केही समय लाग्ने श्रोतले जनाएको छ। सोमबार डोटीको राजपुरमा प्रेस सेन्टर डोटिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री भट्टले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार बढी केन्द्रित भएको भन्दै कोरोनालाई परास्त गरेरै छोड्ने बताएका थिए । उनले प्रदेश सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य भूमिका खेलिरहेका कारण समुदायमा कोरोना फैलिन नपाएको दाबीसमेत गरे। मुख्यमन्त्री भट्टले भने, “भारतबाट रोजगारी गरि फर्किएका ८० देखि ९० हजार नागरिक क्वारेन्टिनमा राख्ने सम्भवतः हाम्रै प्रदेश पहिलो हो, हामीले बेलैमा सचेत अपनाउँदा समुदायमा कोरोना सर्नबाट बचाएका छौँ, हामी कोरोनालाई नियन्त्रण गरेरै छोड्छौँ।”

मुख्यमन्त्री भट्टले सङ्घीय सरकारले प्रदेश सरकारको कुरा नसुन्दा सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बताए। “हामीले सीमानाका सिल गरौँ र पिसिआर परीक्षण गरेर मात्रै नेपाल छिर्न दिउभन्दा सङ्घीय सरकारले मानेन, सीमानाका खुलायो, अहिले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्यो”, उनले भने, “सङ्घीय सरकारले प्रदेश सरकारले भनेको नमान्दा जम्मा दुई जना सङ्क्रमित देखिएको सुदूरपश्चिममा हजारौँ सङ्क्रमित थपिए, हामीलाई कन्ट्रोल गर्न समस्या भयो।”

ताजा समाचार