कोरोना रोकथामको खर्च बिबरण माग्दै नेपाली काग्रेंसले ज्ञापन पत्र बुझायो

दोधारा

नेपाली काग्रेस माहाकाली नगर कार्य समितिले माहाकाली नगरपालिका कार्यालयमा गत वर्षको सबै खर्च विवरण तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी खर्च गरिएको रकमको बिवरण माँग गरेको छ् । आज बसेको नेपाली काग्रेस माहाकाली नगर कार्य समितिको चाँदनी पार्टी कार्यालयको बैठकको निर्णय अनुसार माहाकाली नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को आय ब्यय बिबरण तथा कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरिएको सम्म्पुर्ण आम्दानी र खर्चाको बिबरण माँग गर्दै माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारलाई ज्ञापन पत्र बुझाएका छ ।

गत आर्थिक वर्ष र कोरोना भाईरस रोकथामको बेला खर्चा गरिएको रकममा केही जनगुनासो सुनिन आएको भन्दै नेपाली काग्रेस माहाकाली नगर समितिले माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनारलाई ज्ञापन पत्र बुझाएका हुन् । ‘आज बसेको नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिको बैठकको निर्णय नं. ३ अनुसार यस माहाकाली नगरपालिका कार्यालयबाट आर्थिक वर्ष २०७६/०७७ मा भएको सम्पुर्ण आय, ब्यय खर्च बिबरण एवंम बिश्व महामारी कोरोना ब्यवस्थापनमा भएको सम्पुर्ण खर्च बिबरण शिर्षक अनुसार खुलाई दिन हुन सादर अनुरोध गरिन्छ्’ नेपाली काग्रेंस माहाकाली नगर सभापती डम्मर चन्दद्धारा हस्ताक्षर ज्ञापन पत्रमा उल्लेख छ् । कार्यक्रममा नेपाली काग्रेंस माहाकाली नगर सचिव राजेन्द्र मल्लले ज्ञापन पत्र पढेर सुनाएका थिए ।

माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनारले ज्ञापन पत्र बुझ्दै चाडै आर्थिक वर्ष २०७६/०७७ मा भएको सम्पुर्ण आय ब्यय खर्च तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको खर्च बिबरण उपलब्ध गराईने बताएका छन् । स्थानिय सरकारले गरेका काममा नागरिक चा“सो हुनु अति आवश्यक रहेको हुदा आफुहरु पनि जनताको रकमलाई पारदर्शी तरिकाले प्रस्तुत गर्न कटिबद्ध रहेको भन्दै समय समयमा जनप्रतिनिधीहरुलाई सजग गर्नु सबैको दायित्व भएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् । कार्यक्रममा नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिका उपसभापती चन्द्र बिष्ट, तत्तकालिन दोधारा गाबिस अध्यक्ष तथा नेपाली काग्रेंसको तर्फ देखि प्रदेश सभा उम्मेदवार बेल बहादुर राना, माहाकाली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र लगाएत जनप्रतिनिधी तथा नेपाली कागे्रंस नगर कार्य समिति पदाधिकारीहरुले उपस्थिती रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds