प्रहरीद्धारा एक कुण्टल अबैध बोईलर कुखुरा खाल्डोमा

दोधारा

प्रहरीले अबैधरुपमा भारतबाट नेपाल भित्र्याउदै गरेको बोईलर कुखुरा खाल्डोमा हालेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको गएको गस्ती टोलीले माहाकाली नगरपालिका वडा नं. १० कुतियाकवर झोलुङ्गे पुल नजिक भारतबाट नेपाल भित्र्याउदै गरेको झण्डै एक कुण्टल कुखुरा नियन्त्रण पछि नष्ट गरेको छ् ।

आज बिहान ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमको कमाण्डमा गएको गस्ती टोलीले कुतियाकवर झोलुङ्गे पुल नजिक क्षेत्रमा सिमावर्ती भारतिय बजारबाट नेपाल भित्र्याउदै गरेको कुखुरा बरामद गरेको हो । गस्ती टोलीलाई देखेपछि तस्कर कुखुरा फालेर भागेको बताईएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका प्रहरी निरिक्षक लाल बहादुर बमका अनुसार कुखुरा तस्करी हुदै गरेको गोप्य सुचनाको आधारमा कुखुरा बरामद गरेको हो ।

बरामद गरिउको कुखुरालाई आजै ईलाका प्रहरी कार्यालय दोधारामा स्थानिय, जनप्रतिनिधी र पत्रकारको रोहवरमा खाल्डोमा हालेर नष्ट गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले बताउनुभएको छ् । माहाकाली नगर क्षेत्रमा चोरी तथा तस्करी बढ्दै गएको अवस्थामा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले रातीको समयमा समेत गस्ती ब्यापक बढाएको छ् ।

 

ताजा समाचार

This will close in 10 seconds