मानविकी तथा सामाजिक शास्त्रको विभागीय प्रमुखको जिम्मेवारी सह–प्राध्यापक भट्टलाई

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको मानविकी तथा सामाजिक शास्त्र विभागको विभागीय प्रमुखमा सह प्राध्यापक डा. हरिशचन्द्र भट्ट नियुक्त हुनुभएको छ ।

मानविकी तथा सामाजिक शास्त्र विभागमा विभागीय प्रमुख पद रित्त रहेकोमा लामो समय पछि डा.भट्ट नियुक्त हनु भएको हो । केही दिन अगाडि मात्रै प्राध्यापक डा. मुकुन्द वल्लभ कलौनी मानविकी तथा सामाजिक शास्त्र संकायको डिन चयन भए पश्चात विभागमा विभागीय प्रमुखमा भट्ट नियुक्त हुनु भएको छ् । सह प्राध्यापक भट्ट केन्द्रीय क्याम्पसमा लामो समयदेखि नेपाली विषयको प्राध्यापन गराउदै आउनु भएको छ भने उहाँ प्रजातान्त्रीक प्राध्यापक संघसँग निकट मानिनु हुन्छ ।

विभागीय प्रमुखको जिम्मेवारी प्राप्त गरेसँगै नवनियुक्त विभागीय प्रमुख डा. भट्टले विभागको शैक्षिक उन्यनका साथै समग्र विभागको गुणत्मक शैक्षिक विकासका निमित्त हर सम्भव प्रयास रहने प्रतिवद्धता जाहेर गर्नु भएको छ साथै सबैको साथ सहयोग रहने विश्वास लिएको बताउनु भयो ।

ताजा समाचार