दोधारा चाँदनीेमा कुमालको राहत बितरणमा बिपन्न घर परिवारमा खुशीयाली

दोधारा

माहाकाली नगरपालिकामा भिम कुमालको ‘खान पुगोस् दिन पुगोस’ अभियान अन्तर्गत माहाकाली नगरपालिकाको वडा–वडामा राहत बितरण कार्य अन्तिम चरणमा पुगाएका छन् । वडामा गरिब तथा अतिबिपन्न परिवारको घरमा आफै पुगेर कुमालले राहत बितरण कार्य अन्तिम चरणमा पुगेको ‘खान पुगोस् दिन पुगोस’ अभियानका सदस्य भुपेन्द्र ओलीले जानकारी दिएका छन् । माहाकाली नगरपालिकाका प्रत्येक वडामा ५ जना अतिबिपन्न तथा गरिब परिवारका प्रत्येक घरधरीलाई १० केजी चामल, १ केजी दाल, १ लिटर खाने तेल, १ केजी नुन, १ केजी चिनी र १ सय ग्राम चियापत्ती बितरण कार्य अघि बढाउदै आएको भुपेन्द्र ओलीले बताएका छन् ।

कोरोना भाइरसको कारण लकडाउनको कारण रोजगारी गुमेपछि गरिब तथा अतिबिपन्न परिवारको घरमा चुल्हा जलाउन समस्यामा परेका परिवारलाई भिम कुमालले ब्यक्तीगतरुपमा राहत बितरण सुरु गरेपछि गरिब तथा बिपन्न घरपरिवारमा खुशीयाली छाएको छ् । स्थानिय बिरमता दमाईका अनुसार खानाको लागी समस्या पर्दै आएको अवस्थामा भिम कुमालले ब्यक्तीगतरुपमा बितरण गरेको खाद्यान्नले केही हद सम्मको लागी घरपरिवारमा सहजता ल्याएको बताएका छन् । माहाकाली नगरपालिकाका बादी बस्तीका पुजा बादीले कोरोना भाइरसको कारण भारतमा ज्याला मजुरी गर्दै आएका श्रीमानले रोजगारी गुमाएपछि रित्तो हात घर फर्केपछि उनिहरुलाई परिवार पाल्नकै समस्या पर्दै आएको बताएका छन् । उनको घरमा रासन सक्कीएपछि उनिहरु आफन्त र छिमेकीहरुलाई एक छाक रासन मागेर गुजारा चलाउन थालेका छन् ।

पुजा बादीले घरमा खाद्यान्न सकिएर गा“उ, बस्तीमा चाहारे माग्न थालेको बताएका छन् । लकडाउनको कारण भारतमा रोजगारी गुमेपछि घरमै बसेका श्रीमानले कामको खोजी गर्दा काम नपाएकै कारण घरमा चुल्हा जलाउन धौं धौं परेको अवस्थामा भिम कुमालद्धारा प्रदान खाद्यान्नले निकै राहतले मिलेको पुजा बादीको भनाई रहेको छ् । सरकारले पनि आगामी दिनमा राहत बितरण गर्नुको साटो आफुहरु जस्तो बिपन्न घर परिवारका लागी रोजगारीको ब्यवस्था गरिदिए सधैको लागी समस्या हल हुने बताएका छन् । माहाकाली नगरपालिका कार्यालयले गरिब तथा बिपन्न परिवारलाई दुई पटक राहत बितरण गरेपनि हाल आएर घरमा खाद्यान्नको अभाव रहेको कारण गरिब परिवारमा खानाको समस्या देखा पर्दै आएको हो । कोरोना भाइरसको बेला माहाकाली नगरपालिकालाई सघाउदै आएका कुमालले केही दिन देखी गरिब बस्तीमा पुगी उनिहरुको अवस्था हेरी राहत बितरण सुरु गरेका हुन् । माहाकाली नगरपालिकाको वडा नं. ३, ४, ६, ७, ९ र १० मा राहत बितरण कार्य सम्पन्न भईसकेको र बा“की वडामा समेत राहत बितरण कार्य सुरु भईरहेको सामाजसेवी भिम कुमालले बताएका छन् ।

ज्याला मजुरी गर्दै आएका लकडाउनको कारण उनिहरुको परिवारजनमा खाद्यान्नको समस्या पर्दै आएको पिडामा सामाजसेवी भिम कुमालले बितरण गरेको राहतले बिपन्न घर परिवारले आशिष दिदै आएका छन् । माहाकाली नगरपालिका क्षेत्रमा एक सय घरपरिवारलाई राहत बितरण गर्ने योजना अनुसार भिम कुमालले ‘खान पुगोस् दिन पुगोस’ अभियान अघि बढाएको बताए । पिडाको बेला मलहम लगाउने आफुले प्रयास गरेको उनको भनाई रहेको छ् । राहतको भारी बोकेर आफै माहाकाली नगरपालिकाका गरिब तथा अतिबिपन्न परिवारको घर चहार्दै हिडेका कुमाललाई स्थानियहरुले खुबै मन पराएका छन् । भिम कुमाल नेकपा माहाकालीका नगर सचिव समेत हुन् ।

ताजा समाचार