सडक मर्मत गर्न माग

कञ्चनपुर 
कञ्चनपुरको बेदकोट नगरपालिका २ बसन्थलादेखि हुलाकी सडकमा जोड्ने सडक मर्मतको माग अघि सारिएको छ । शुक्रबार स्थानीयले बसन्थलादेखि हुलाकी सडकमा जोड्ने सडक मर्मतको माग अघि सारिएका हुन् । स्थानीय एव नेवि संघ नेता पारमणी जोशीले उक्त सडक बिग्रीएपछि जनतालाई हिडडुल गर्न समस्या भएकाले वडाध्यक्ष नरेश बहादुर सिहलाई ज्ञापन पत्र बुझाएको बताए ।
नेता जोशीका अनुसार सडक समस्या बारे वडाध्यक्ष सिहलाई लिखितै स्थानीयको हस्तक्षर सहित ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार वडाध्यक्ष सिहले सडक मर्मतको विषयमा वडा कार्यालयले पहल थाल्ने आवश्वासन दिएको छ । सडक सुधार नभए आन्दोलनको चेतावनी दिएको छ ।
नेवि संघ जोशीले समाजिक संजाल मार्फत बेदकोट क्षेत्रका उजाकरण गर्दै आएका छन् । उनले नगरपालिका कार्यालय नजिकै रहेको पोल्खरी जोड्ने सडक सुधारका विषयमा समेत समाजिक संजालमा उठान गरेपछि नगरपालिकाले सडक मर्मत गरेको थियो । छाडा पशु चौपायादेखि सडक बिग्रीएका, भत्किएका विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।

ताजा समाचार