दशकमा निर्मित सिटी हल २ वर्षदेखि लथालिङ्ग र अलपत्र

सर्वजनिक हल ‘महेन्द्रनगर सिटि हल ‘बनाउन झन्डै एक दशक लागेर निर्माण भएतापनि हस्तान्तरण हुन नसक्दा लथालिङ्ग हुनका साथै अलपत्र परेको छ । साँढे १० करोड रुपैयाँ लागतमा भीमदत्तनगरपालिका–४ पूर्व पश्चिम राजमार्गको दक्षिणपट्टी सदरमुकामको मुटुमै बनेको उक्त हल निर्माण भएको दुई वर्ष वितिसक्दा समेत लथालिङ्ग हुनुका साथै अलपत्र अवस्थामै रहेको छ । तत्कालीन महेन्द्रनगर नगर विकास समितिले आर्थिक वर्ष २०६५/ ०६६ मा श्यामसुन्दर गौरी–पार्वती जेभी कम्पनीलाई सो सिटी हल भवन निर्माणको ठेक्का दिएको थियो । तर, सरकारले २०७२ सालमा नगर विकास समितिको कामकाज र खाता रोक्का ग¥यो भने २०७५ मा आएर सरकारले समिति नै खारेज गरीदिए पछि ठेकेदार कम्पनीले भवन हस्तान्तरण गर्ने निकाय फेला पार्न अहिले सम्म सकेको छैन ।

दुई वर्र्ष ्भित्रै निर्माण पूरा गर्ने भनिए पनि कम्पनीले काम सक्न झन्डै एक दशक लगाएको थियो । सुरुदेखि नै कम्पनीले सम्झौता अनुसार काम गर्न नसकेका कारण निर्माण सम्पन्न हुने वेलासम्म पाँच पटक म्याद थप्नुपरेको थियो । साढे पाँच बिघा क्षेत्रफलमा निर्माण भएको तीन तले सिटी हलमा तीन हलका साथै चेन्जिङ रुम छन् । एक हजार जना, दुई सय जना र पचास जना अट्न सक्ने क्षमता रहेको तीन वटा हल निर्माण भएका छन । यद्यपि, हलको तीन तिर पर्खाल भएपनि पछाडि पट्टी पर्खाल नहुँदा गाइगोरु भित्र पस्ने, जथाभावी मान्छे प्रवेश गर्नेे गरेको भव निर्माण कम्पनीले राखेका पहरेदार लोकराज जोशीले वताए । उनले भने, ‘‘पछाडी पर्खाल छैन गाइगोरु आउँछन्, कति धपाउनु हो’’
चौकीदार जोशीले २०७५ देखि आफू हेरविचार गर्ने गरेको भएपनि अहिलेसम्म ८/१० महिनाको मात्रै तलब पाएकोमा दुखेसो पोखे ।

हलमा गेट, पालेघर, पार्किङ पनि निर्माण गरिएको छ । निर्माण कम्पनीको कमीकजोरीका कारण केही ढिलाई गरेर निर्माण भएको भएपनि संचालनमा नआउदा करोडौंको सरकारी लगानी खेर गएको र संचालनमा ल्याउन स्थानिय सरकार, केन्द्र सरकार, जनप्रतिनिधिले समेत खासै चासो नदेखाएको स्थानिय सगुन होटलका संचालक गंगादत्त भट्टले वताए । उनले भने, ‘‘करोडौंको लगानी खेर जादैछ, प्रयोगमा आएमा सबैलाई फाईदा पुग्नेथियो, कसैले खासै चासो देखाएजस्तो लाग्दैन’’ नगर विकास समिति अझै नगरपालिका भित्र समायोजन नभई सकेका कारण सिटि हल अलपत्र परेको वताउदै भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले आफ्नो मातहतमा नआउदा सम्म केही गर्न नसकिने वताए । प्रवक्ता चन्दले भने, ‘‘हामीले संघीय सरकारसँग अनुरोध गरेका हौं तर अहिलेसम्म पनि तत्कालीन नगरविकासको सम्पत्ति नगरपालिकामा समायोजन हुन सकेको छैन्’’ उनले संघ सरकारले जिम्मेवारी दिए भीमदत्त नगर संचालनमा ल्याउन तयार रहेको वताएका छन् ।

यतिका लामो समयदेखि हल संचालनमा नआउदा बनेको संरचना जिर्ण हुदै गईरहेको छ । हलका विभिन्न ठाउँमा रङ्गरोगन निक्लीदै गएको छ । दोस्रो तलाका तीन वटा ढोकाहरु टुटिसकेका छन् । अन्य काष्ठ निर्मित झ्याल ढोकामा समेत धमिरा लाग्दै गईरहेको र काम नलाग्ने हुदै गएका छन् । करोडौको सरकारी लगानी वालुवामा पानीहाले जस्तै भएको स्थानियहरुको धारणा रहेको छ । यो हल संचालनमा आउन सकेमा रोजगारीको श्रृजना हनुको साथै सरकारी संरचानाको सदुपयोग हुने देखिन्छ ।

ताजा समाचार

This will close in 10 seconds