कोरोना कहरः निल हिरा समाजको १७ औं गाईजात्रा नहुने


विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको सनत्रास पछी निल हिरा समाजको १७ औं गाईजात्रा नहुने भएको छ।

मंगलबार काठमाडौ उपत्यकामा प्रत्येक वर्ष उल्लासका साथ आजको दिनमा बनाइने गाईजात्रा निल हिरा समाजको १७ औ गाईजात्रा र प्राइड परेड यस बर्ष कोरोना (कोभिड -१९ )को कारण गाईजात्रा यो वर्ष नहुने सम्पूर्ण आम नागरिक संगै यौनिक तथा लैङगिक समुदायको स्वारथलाई मध्य नजर गर्दै नेपाल सरकारको प्रसाशनको निर्देशन बमोजिम १५ जनाको समूहमा पनी जम्मा हुन नहूने आदेश आएको हुनाले बर्षौ देखी मनाउदै आएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय को गाईजात्रा र परेड नहुने कुरा निल हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङ ले जानकारी गराउनु भएको छ।

उनका अनुसार ुबर्षेनी गर्दै आएको यो अभियानलाई छुटाऊनु नहूने हुँदा आज प्रशासन को नियम बमोजिम भौतिक दुरी कायम गरी १५ देखी २० जना साथी हरुले साँझ पांच बजे सवयभु भगवान पाऊमा अधिकार संग समबन्धित प्यलेकाड बोकेर प्रदर्शन गरिने र त्यस लगतै दिवंगत हुनु भाकाहरुको आत्मा शान्ती र श्रद्धाञ्जली सवरुप दिप प्रज्वलन गरि कार्यक्रमको समापन गरिने बताए।


Loading Viewer...

ताजा समाचार

spot_img