पप्पु गुरुङ्ग/दोधारा
माहाकाली नगरपालिका–६ बादी बस्तीका पुजा बादीको मात्र होइन छिमेकीको घरमा पनि खाद्यान्न सकिन लाग्यो । उनिहरु बस्तीमा चाहरे मागजोग गरि चुल्हो बाल्न बाध्य भएका छन् । अबका दिनहरुमा कसरी चुल्हो बाल्ने भन्ने चिन्ताले सताएको छ् । ‘कमाई गर्न भारत जान कोरोनाले गर्दा रोक लगायो’ पुजा बादीले भने– ‘नेपालमा कही कतै ज्याला मजुरी समेत पाईदैन् ।’ अहिले माहाकालीका नेपाल भारत र शुक्लाफा“टा राष्ट्रिय निकुञ्ज सिमा क्षेत्रका दलित बस्तीहरुमा खानाको जोहो गर्न निकै समस्या पर्दै आएको छ् । पुजा बादी जस्तै सपना बादीको पीडा पनि उस्तै छ् । ‘ऋण काढेर श्रीमान ज्याला मजुरी गर्न भारत जानुभयो, २–४ दिनमा चैत आउने भन्दै हुनुहुन्थ्यो । तर गाडीको टिकट काटे पनि लकडाउन पछि आउन पाउनु भएन् । घरमा खाद्यान्न सकिएर के खाने भन्ने तनाव छ्’ सपना बादीले बताए । परिवार पाल्ने चिन्तामा परेकी सपना बादीले थपिन् – ‘बस्ती–बस्तीमा चहारेर मागेरे चुल्हा जलेको छ् ।’ घरपरिवारमा बिहान खाना खुवाउनको लागी समस्या खेप्दै आएको सपना बादीको भनाई रहेको छ् ।
जग्गा बिहिन रहेको बादी बस्तीको समस्या पुरानै हो । लकडाउनले भने उनिहरुको पिडामा थप पिडा थपेको छ् । घरमा रहेका श्रीमतीहरु माहाकाली नगरपालिकाका बस्ती बस्ती चहारेर घरमा खाद्यान्न संकलन गरि सा“झको चुल्हा जलाउने र उनिहरुका श्रीमान तथा युवाहरु भारतका कालापाहाड तथा बिभिन्न शहरमा गई ज्याला मजुरी गरि कमाएका रकम घर पठाउने गर्छन् । लकडाउनले सबै काम काज बन्द भएपछि उनिहरुलाई सा“झ र बिहान के खाने भन्ने चिन्ताले सताउन थालेको छ् । माहाकाली नगरपालिका वडा नं. ६ को बादी बस्ती संगै गा“सिएको दमाई बस्तीलाई पनि लकडाउनले ठुलै समस्या निम्त्याएको छ् । दमाई बस्तीमा झण्डै ८ घरधुरीको अवस्था पनि दैनिय बन्दै गएको छ् । कोरोना भाइरसको कारण भारतमा ज्याला मजुरी गर्दै आएका उनिहरुका आफन्तहरुले रोजगारी गुमाएपछि रित्तो हात घर फर्केपछि उनिहरुलाई परिवार पाल्नकै समस्या पर्दै आएको छ् । घरमा रासन सक्कीएपछि उनिहरु आफन्त र छिमेकीहरुलाई एक छाक रासन मागेर गुजारा चलाउन थालेका छन् ।
दमाई बस्तीमा बिरमता दमाई खाद्यान्न सकिएर गाउ बस्ती चाहारे माग्न थालेको बताएका छन् । लकडाउनको कारण भारतमा रोजगारी गुमेपछि घरमै बसेका श्रीमानले कामको खोजी गर्दा काम नपाएकै कारण घरमा चुल्हा जलाउन धौं धौं परेको दमाई बस्तीका बिरमता दमाई बताउछन् । माहाकाली नगरपालिका र दाताहरुले दिएको खाद्यान्न पनि सकिएर बस्तीमा चाहारेर एक छाक अन्न माग्न बाध्य भएको बिरमता दमाईले बताएका छन् । ‘अब छरछिमेकमा अन्न मागेर दैनिकी चलाउनु पर्ने भयो’ बिरमता दमाईले भने । उनका अनुसार गा“उमा मजुरी गरेर काम नपाएपछि घरमा खानको लागी निके समस्या पर्दै आएको उनको भनाई रहेको छ् । बिरमता दमाईको परिवार जीविको पार्जनका लागि बिगत लामो समय देखि उनका परिवार मजदूरी गर्दै आएका छन् । ‘घरका कट्टा, भा“डा रित्तिइसके । छिमेकीमा मागेको रासनले एक छाक मात्रै पुग्ने हुदा भोलिको छाक टार्न हामीलाई मर्नु न बा“च्नुको दोसाँदमा पु¥याएको छ्’ उनिहरु बताउछन् । ‘भारतमा ज्याला मजुरी गरि छाक टार्ने गरेका थियौं ।
कोरोना भाईरसको कारण भारतबाट हामी घर आयौं । सरकारले घर बाहिर ननिस्कनु भन्यो । कमा गर्नको लागी केही भएन् । हाम्रो घरमा भएको खाद्यान्नले केही दिन हातमुख जोड्यौं । माहाकाली नगरपालिका र दाताले दिएको राहतले केही दिन टर्यो । अहिले चुलो बाल्नै समस्या परेको छ्’ बिनोद बादीले भने– ‘अरुलाई कोरोनाले मार्ने भयो, हामीलाई भोकले मार्ने भयो ।’ लकडाउन शुरु भएपछि माहाकाली नगरपालिका क्षेत्रमा बसोबास गर्ने दलित तथा अतिबिपन्न बस्तीमा छाक टार्ने माध्यम नै बन्द भयो, घरमा नुन, तेल र चामल जस्ता खानेकुरा सकिएको छ् । माहाकाली नगरपालिका र दाताहरुले दिएको राहतले थोरै दिनको गुजारा भएपनि अबका दिनमा केह खाने भन्ने चिन्ता रहेको स्थानियहरुको भनाई रहेको छ् । बस्तीमा सानो भएपनि रोजगारीको ब्यवस्था गरिदिए उनिहरु दैनिकी सहज ढंगबाट सूचारु हुने उनिहरको भनाई रहेको छ् ।
कोरोना संक्रमण नियन्त्रणमा ‘लकडाउन’ प्रभावकारी हुने देखिए पनि माहाकाली नगरपालिकाकका दैनिक ज्यालादारीमा काम गर्ने मजदूर वर्गलाई भने यही ‘लकडाउन’ कोरोना संक्रमण भन्दा ठूलो अभिशाप बन्न थालेको छ । ‘लकडाउन’ का कारण रोजगारीको निम्ती भारत जान अहिले ठप्प छ । लडाउनको कारणले माहाकाली नगर क्षेत्रमा बेरोजगारी हुनेको संख्या बढेर गएको छ् । रोजगारी गुमेर घरमा बुन थालेपछि बिपन्न बर्गमा घरपरिवारलाई खानको लागि समस्या झेल्नु परेको छ् । लकडाउनको कारण सबै भन्दा बढि समस्या गरिब विपन्न मजदुर वर्गको रहेको छ् । उनीहरु कोरोना भाइरस संक्रमणले आफूहरुलाई छुने हो या होइन, त्यो टुंगो नभए पनि त्यस अघि नै भोको पेटकै कारण मर्नु पर्ने अवस्था आउने तर्फ चिन्तित हुन थालेका छन् ।