बेलौरीमा कोरोना संक्रमित अर्धसतक पुगे, खतराको घण्टी होम भन्दा संस्थागत क्वारेन्टाईन नै प्रभावकारी

कञ्चनपुरको बेलौरीमा कोरोना संक्रमितको संख्या ५० पुगेको छ । कोरोना संक्रमण देखिएको साढे चार महिनामा बेलौरीका अर्धसतक पुगेको हो । बेलौरी नगरपालिका कोडिभ १९ संयोजक मान बहादुर चन्दले हालसम्म ३३ जना नगरपालिकाकै आईसोलेशनमा उपचारपछि घर गएका छन् ।

भने बाँकी १७ जना नगरपालिकाकै क्वारेन्टाईनमा उपचारार्थ छन् । ‘हालै ८ जना कोरोना संक्रमित थप भएर ५० पुगेको छ, ‘बेलौरी नगरपालिका कोडिभ नियन्त्रण संयोजक चन्दले भने, ‘संक्रमितको संख्या घटेको छैन, बढेको बढ्र्यौ छ ।’ होम क्वारेन्टाईन भन्दा संस्थागत क्वारेन्टाईन नै प्रभावकारी भएकाले उनले भनाई छ । सरकारले अघि सारेका मापदण्ड होम क्वारेन्टाईनमा पालना नभएकाले संक्रमितलाई संस्थागत क्वारेन्टाईनमै राखेर उपचार गर्नुपर्ने उनले बताए ।

लकडाउन खुलेपनि संक्रमण नरोकिएको बताउदै बेलौरी कोडिभ १९ संयोजक चन्दले सचेत हुनुको विकल्प नभएको बताए । ‘कोरोनाबाट बाँच्न हरेकले उच्च सुरक्षा सर्तकता अपनाउँनुपर्छ, ‘उनले भने, ‘भौतिक दुरी कायम गर्दा पनि जोखिम न्यूनिरण गर्न सकिन्छ ।’

ताजा समाचार