नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्वारा राहात सामाग्री वितरण

पूर्व वन तथा वातावरण राज्यमन्त्री प्रतापराम लोहारको तेस्रो स्मृती दिवस

कञ्चनपुर

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्वारा संस्थापक अध्यक्ष प्रतापराम लोहारको तेस्रो स्मृती दिवस भव्यताको साथ मनाईएको छ । स्वर्गीय लुहारले गरेको अतुलनीय योगदानकोे सम्मान तथा सम्झनामा उहाँको तस्विरमा फुल, माला अर्पण गरिएको थियो । तत्कालीन संघका अध्यक्ष प्रतापराम लोहार राजाको प्रत्यक्ष शासनकालमा पूर्व वन तथा वातावरण राज्यमन्त्री समेत रहनुभएको थियो । शिक्षा प्रेमी लुहारले फलोरिडा ईन्टरनेशनल बोडिङ्गको स्थापना गरी शैक्षिक क्षेत्रमा धेरै ठुलो योगदान गर्नु भएको थियो वहाँले गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई बस्न खानको व्यवस्था सहित निःशुल्क शिक्षाको व्यवस्था गर्नु भएको थियो । जसमा हजारौ विद्यार्थीले निःशुल्क पढने अवसर पाएर उच्च शिक्षा हासिल गर्दैछन् भने कयौंले रोजगारी पाएर देशको सेवा गर्दै छन् ।

सोही अवसरमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कंचनपुरले भीमदत्तनगरपालिका भित्र रहेका विपन्न तथा लकडाउनका कारण समस्यामा परेका परिवारलाई खाद्यान्न सहयोग गरेको छ । शुक्रवार संघका संस्थापक अध्यक्ष प्रतापराम लोहारको तेस्रो स्मृती दिवसको अवसरमा भी.न.पा.का १५ विपन्न दलित परिवारलाई राहत स्वरुप २५ हजार ३ सय बरावरको खाद्यान्न वितरण गरिएको हो । लडकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका प्रति परिवार कट्टा चामल, २ किलोग्राम दाल, १ लिटर तेल र १ किलोग्राम नुन लगायतको प्याकेजका दरले १५ परिवारलाई रासन वितरण गरिएको केन्द्रीय सदस्य रविन्द्र सुनारले जानकारी दिनु भयो । विभिन्न सामाजिक तथा कार्य गर्दै आएको सो संस्थाले यस अघि पनि जिल्ला ५ सय ५२ दलित समुदायका अति विपन्न परिवारलाई राहात वितरण गरेको थियो । २०३९ सालमा स्थापित संस्थाको स्थापना कालमा केही स्थानमा मात्रै कार्यक्षेत्र रहेको भएपनि सबैको प्रयास र सहयोग प्राप्त भएकै कारण देशभर ७७ वटै जिल्लामा कार्यक्रम र शाखाहरु विस्तारित हुनका साथै अग्रणी सामाजिक संस्थाका रुपमा परिचित हुन सफल भएको छ ।

विभिन्न जिल्लामा शिक्षा सम्बन्धि कार्यक्रमहरु गर्दै आईरहेको संस्थाले विपन्न सम्प्रदायका विद्यार्थीहरुका लागि छात्रवृत्तिका योजना समेत संचालित रहेको जनाएको छ । यस्तै, उक्त राहत वितरण कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका दलित कल्याण संघका जिल्ला अध्यक्ष दिलाराम टमाटाले कारोनाका कारण विभिन्न परिवारले खान सम्म मुस्किल परेको तथा रोजगारी समेत गुमेको अवस्थालाई मध्यनजर गर्दै केही हदसम्म भएपनि सहयोग होस् भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरिएको वताउनुभयो । दमाटाले देशभरमा पुग्न सफल संस्थाको जग बसाउने काम लुहारबाट भएको जिकिर गरे । यस्तै, राहत वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका संघका केन्द्रीय सदस्य रविन्द्र सुनारले यस्तो विषम परिस्थीतिलाई ध्यानमा राखेर संघमा आबद्ध रहेका सदस्यहरुबाट उठाएर स्वस्फुर्त रुपमा सहयोग गरिएको वताउनुभयो । उहाँले प्रताप लोहर एक शिक्षा प्रेमी व्यक्तित्व हुनुका साथै दलित समाजको मार्गदर्शक समेत रहनुभएको दावी गरे ।

ताजा समाचार