राज सरगम गीत “मेराे छाती धड्कियाेस”युटुबमा सार्वजनिक

काठमाडाैं

लेखक तथा पत्रकार राज सरगमकाे ‘मेरो छाती धड्कियोस्’ गीत सार्वजनिक भएका छन् । सर्जक सरगमले यसभन्दा अगाडि चलचित्र दबाब, चाल मेरो मान्छेलगायत सिनेमा गीत लेखेका थिए भने अाधा दर्जन गीत पनि लेखिसकेका छन् । लामो समयको अन्तरालपछि राजले अर्काे गीत लिएर आएका हुन् ।

संगीतकार विपिन आचार्यको कम्पोजिसन, संगीत संयाेजन र मिक्सिङ रहेकाे छ । गीतलाई गायक प्रमोद खरेल स्वर दिएका छन् । उपत्यकाको आसपास छायांकन गरिएको गीतको भिडियोलाई नारायण ठकुरीले निर्देशन गरेका छन् । भिडियोको छायांकन नरेश चैसिरले गरेका छन् भने सन्देश परियारले सम्पादन गरेका छन् ।

भिडियोमा मोडल कसिस दाहाल र भूपेशसिंह ठकुरीको अभिनय छ । युट्युब च्यानल साइराम पिक्चरबाट गीतलाई सार्वजनिक गरिएकाे हाे ।

ताजा समाचार