कंचनपुर

भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा किर्ते कागज गरी जग्गा खरिद–बिक्री हुने गरेको रहस्य खुलेको छ । वेदकोट नगरपालिका– १० दैजी चथहरीका मंगली देवी रावल, देव रावल र धनु रावलको सगोलमा रहेको जग्गा किर्ते कागज तथा जालासाँजी गरी बेचबिखन गरिएको छ । तीनै जनाको संयुक्त नाममा १० कट्टा जमिन रहेको थियो । १० कट्टा जमिनमा २ कट्टा सहमतीमा बेचेका थिए भने ८ कट्टा जमिन किर्ते कागज गरी बेचिएको छ । उनका दाजु र आमाले कुनै पनि कारोवार हुन नपाउने गरी बाँकी रहेको जग्गा कित्ता नम्बर २२९८ मा पर्ने ७ कट्टा जमिन २ लाख ५० हजार रुपैयामा विपिन प्रकाश पाण्डेयसँग दृष्टिबन्धक राखेका थिए, उनले दृष्टिबन्धक राख्नुको सट्टा झुकाएर ४ लाखमा राजिनामा गराएको कागजात बनाएका थिए । देव रावल अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति भएकाले त्यसको फाइदा उठाई पाण्डेयले जालसाँजी गर्न सफल भएका थिए ।
जग्गा वास्तवमा घरका परिवारले दृष्टिबन्धकमा राखेको त्यस अवस्थामा धनी रावल घरको कान्छो भाई तथा अंशियार पनि घरमा नरेहेको स्थानिय बताउछन् । ‘‘बुवाले किनेको र बुवा हाल पहाडमा बस्दै आएका छन् । हामीले पाण्डेयबाट जग्गा किनेका हौं । पाण्डेयले आफनो जग्गा भनेर बेचेको, आफुहरुलाई झुक्याएर बेचेको काशी सिंह भण्डारीका छोरा राम भण्डारीले बताए । अहिले आएर हामीले पनि थाहा पायौं’’ भण्डारीले भने । रोजगारीकोे लागि भारत गएका जग्गाको अंशियार तथा घरको कान्छो छोरा धनुलाई जग्गा विक्री सम्बन्धमा सुइको सम्म दिएन । उनलाई सोधपुछ समेत गरीएन, उनका आमा र दाजुलाई झुक्याइँ राजीनामा गराए, गरीब भएका कारण पैसाको लोभ देखाएर पाण्डेयले रावल परिवारको बिच्चली परेका छन् । यसरी साँझेदारी स्वामित्व रहेको जग्गाको कुनै पनि कारोबार गर्दा खेरी सहमति हुनुपर्ने कानुनी व्यवस्था रहेको भएता पनि मालपोतका कर्मचारीको समेत संलग्नतामा यस्तो चरम लापवाही भएको देखिएको छ ।
‘‘भाई घरमा नभएको अवस्थामा भाईको कृते हस्ताक्षर गराई पाण्डेयले आफनो नाममा जग्गा पास गराएका थिए । बारम्बार आएर देव रावलले पैसा मागे पछि मैले पैसा दिएकै हो भनेर पाण्डेयले भने त्यसपछि तपाईले गल्ती गर्नु भएको छ कसै ओडस पडोसमा नसोधी उसको अवस्था दरहा (जडिया) थाहा हुदाँ हुदै घरेडीसम्म नराख्ने हिसाबले कसरी पैसा दिनुभयो ? समाजिक रुपमा राम्रो काम होइन यो तपाईले व्यक्तिगत फाइदाको लागि कसैको उठि वास पार्नुभयो भन्दा पाण्डेयले आफ्नो गल्ती स्विाकार गरी आफुले २ लाख ५० हजार मात्र चलाएको बताए । त्यसपछि धनु रावलले बैंकमा अहिले चलेको दर रेटमा २ लाख ५० हजारको व्याज सहित साँवा तिर्ने सर्तमा हुन्छ भनेका थिए तर पछि पाण्डेयले आफनो ९ लाख खर्च गरेकोले ९लाख दिनु पर्ने भने पछि आफुले वडामा आउनुहोला प्रक्रियामा जाउला’’ भनेको बेनपा १० का वडा अध्यक्ष केशब रावलले बताउनुभयो।
धनु रावलका अनुसार उनकी आमा मंगलदेवी रावलको जेठ १६ गते मृत्यु भएको थियो भने दाई देव रावलको असार १७ गते अत्याधिक मदिरा सेवको कारण मृत्यु भएको थियो ।
यता, मालपोत कार्यालय महेन्द्रनगरका प्रमुख खेमराज खत्रीले यसप्रकारको जग्गा राजिनामामा सबै अंशियारको सहमति नभई जग्गा राजिनामा नहुने भएकोले कर्मचारीहरुको कमीकमजोरी समेत रहेको बताएका छन् । पिडित लगायत सबै मिलि सहमतिमा जार्र्नुुपर्ने या मुद्दा दायर गरी न्याय पाउन सकिने बताए ।
‘‘मालपोतकै कर्मचारीको सेटिङ्गमा आफूलाई अन्यायमा पारिएको छ, हाम्रो परिवारको विचल्ती हुने अवस्था आयो’’ अंशियार रावलले भने, न्याय माग्न खोज्दा उल्टै घरसमेत छाड्न धम्की आयो ।
यद्येपी, जग्गा हडपेको आरोप लगाइएका विपिन प्रकाश पाण्डेले आफूले ऋण दिएको पैसा उठाउन जमिन आफ्नो नाममा नामसरी गरेको वताए । ‘मैले आफ्नो पैसा उठाएको हुँ, पाँच धुर जग्गा उहाँहरुका लागी नहर नजिक घरेडीको लागी व्यवस्था गर्नुपर्ला । मैले वोलेर हुदैन, प्रमाणहरुबाट सबै स्पष्ट हुनेछ, मैले कुनै गल्ती गरेको छैन ।’’ पाण्डेले भने ।
आफनै जग्गा हुदाँ हुदै सुकुम्वासी हुनु पर्ने अवस्था आउने हो कि भनेर रावल परिवार चिन्तित भएको छ भने उनीहरुको अहिले विचल्ली भएको अवस्था रहेको छ ।
