रेडक्रसद्धारा माहाकाली नगरपालिकामा आधुनिक हातधुने मसिन जडान

पप्पु गुरुङ्ग, दोधारा

रेडक्रसद्धारा माहाकाली नगरपालिकाको २ स्थानमा आधुनिक हातधुने मसिन जडान गरिएको छ् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरद्धारा माहाकाली नगरपालिका कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा खुट्टाबाट संचालित हातधुने मसिन जडान गरिएको हो ।

कोरोनाको संक्रमण रोेक्न तथा हातधुने बानीको बिकास गर्न माहाकाली नगरपालिकाको बढी भिडभाड हुने स्थानमा आधुनिक हातधुने मसिन जडान गरिएको । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका मन्त्री रघुनाथ भट्टले जानकारी दिएका छन् । मसिनमा हेण्डवास जडित हातधुने मसिन झण्डै रु. ८० हजार भन्दा बढी रकम पर्ने बताईएको छ् ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका मन्त्री रघुनाथ भट्टका अनुसार स्थानियहरुको स्वास्थ्यमा मध्यनजर राख्दै युनिसेफको सहयोग र सहकार्यमा उक्त हात धुने मसिन जडान गरिएको बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds