सुदूरपश्चिम प्रदेशमा ‘सेफ सेनिटाईजर’ उत्पादन शुरु

देशका सात प्रदेश मध्ये सुदूरपश्चिम प्रदेशमा ‘सेफ सेनिटाईजर’ उत्पादन शुरु गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरको स्नेहा सोप एण्ड केमिकल ईन्डष्ट्रिज प्रालिले ‘सेफ सेनिटाईजर’ उत्पादन शुरु गरेको हो । सुप, कर्णाली र ५ नम्बर प्रदेश पश्चिम नेपाल क्षेत्रकै सेनिटाईनर उत्पादन गर्ने यो उद्योग पहिलो भएको जनाईएको छ ।
गत असार अन्तिम सातादेखि उद्योगले ‘सेफ’ नामको सेनिटाईनजर उत्पादन गरेर बजारमा ल्याएको छ । कोरोना सहित सरसफाईका लागि उद्योगले सेनिटाईजर उत्पादन गरेको जनाएको छ । यस अघि सुदूरपश्चिमका स्थानीयले विभिन्न देशमा उत्पादन भएको सेनिटाईजर प्रयोग गर्दै आएका थिए । आफ्नै देश प्रदेश जिल्ला स्थानीय तहमा सेनिटाईजर उत्पादन भएपछि सेनिटाईजरको अभाव हुन नदिने उद्योगले जनाएको छ ।
स्नेहा सोप एण्ड केमिकल ईन्डष्ट्रिज प्रालि संचालक तथा प्रबन्ध निर्देशक पिताम्बर जोशीले हेण्ड सेनिटाईजर र गैर हेण्ड सेनिटाईजर उत्पादन शुरु गरिएको बताए ।
संचालक जोशीले उद्योगबाट सेनिटाईजर, किटनाशक औषधी, सोडा, साबुन, शौचालयमा प्रयोग गरिने हापिक लगायतका सरसफाईजन्य बस्तुको उत्पादन गरिने बताए । बाह्यबाट कच्र्चा पदार्थ ल्याएर उद्योगमै उत्पादन गरिन लागिएको संचालक जोशीले बताए ।
गैर हेण्ड सेनिटाईजर क्वारेन्टाईन, आईशोलशन, सवारी साधन, घर, विद्यालय, अस्पताल लगायतका क्षेत्रमा छर्किनेछ । ‘हेण्डका साथै अन्य क्षेत्रमा प्रयोग गर्ने सेनिटाईजर उत्पादन गरिरहेका छौँ, ‘उनले भने, ‘निकट भविष्यमै सेनिटाईनर बाहेकका बस्तु पनि उत्पादन गछौँ ।’
६० एमलको १ सय रुपैया, १ सय एमलको लागि १ सय रुपैया, २ सय एमलको लागि २ सय रुपैया, ५ सय एमएलको लागि ३ सय ८० रुपैया र ५ लिटरका लागि २ हजार १५० रुपैया बजार मुल्य निर्धारण गरिएको छ । बजारको मागलाई आपूर्ति गर्नका लागि उद्योग संचालनमा ल्याएको बताए ।
‘कोडिभ पछि धेरै नेपाली भारत लगायत तेस्रो मुलुकबाट स्वदेश फर्किएका छन, ‘उनले भने, ‘श्रमशक्ति सदुपयोगका लागि समेत उद्योगले सोचेको छ ।’
कोडिभ लगायत विभिन्न रोगबाट बाँच्न र सरसफाईका लागि सेनिटाईजर उत्पादन कार्य राम्रो भएको प्रतिकृया दिएका छन् । स्थानीय, राष्ट्रिय क्षेत्रमा आपूर्ति गरिने उद्योगले जनाएको छ । सेनिटाईजरसंगै अन्य बस्तु समेत उत्पादन भए उद्योगका करिब १५० मजदुर आवश्यक पर्नेछन् । उद्योगबाट बस्तुको आपूर्तिसंगै रोजगारी समेत सिर्जना हुने छ । ‘स्थानीय स्तरमै विभिन्न परिमाणमा उत्पादन हुन्छ, ‘उनले भने, ‘जाहिले अनुसार उपभोक्ताले सहजै पाउँछ ।’
स्थानीय स्तरमा सेनिटाईजर उत्पादन भएपछि स्थानीय समेत हर्षित भएका छन् । यस अघि बजारमा सेनिटाईज अभाव हुने वा कृत्रिम अभाव देखाएर उपभोक्ता ठग्ने प्रवृतिको अन्त्य हुने स्थानीय उपभोक्ताको भनाई छ । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका संचालक जोशीले बस्तु उत्पादन गर्ने उद्योग प्रर्बद्धनबाट रोजगारीका साथै औद्योगिक विकासमा भूमिका निर्वाह गरेको स्थानीय उद्योगीको भनाईछ । सेनिटाईजर लगायतका सरसफाईजन्य बस्तुको उत्पादन गर्ने उद्योग सुप प्रदेशमै भएपछि उद्योगको प्रर्बद्धनमा स्थानीयले जोडदिएका छन् ।

ताजा समाचार

This will close in 10 seconds