मल खाद्द ल्याउन रोक, स्थानियद्वारा झोलुङ्गे पुलमा आवतजावत बन्द

भीमदत्त नगरपालिका –१३ स्थित महाकाली झोलुङ्गे पुलमा विहान देखि स्थानीयले आवतजावत बन्द गरेका छन् । कृषकहरुले लगाएको अन्नवालीमा मल खाद छर्ने बेलामा कञ्चनपुर बजारमा मलको अभाव भए पछि भारतीय बजार र दोधारा चाँदनी बाट ल्याएर कृषकहरुले अन्न वालीमा छर्दे आएका थिए । असार २९ गते सम्म प्रहरी र स्थानियको सहमतिमा आधा कट्टा युरिया खाद्द ल्याउन दिएको थियो भने आज विहान देखि स्थानिय कृषकहरुलाई झोलुङ्गे पुल स्थित प्रहरीहरुले मल खाद ल्याउन रोक लगाए पछि स्थानियहरुले विरोध स्वरुप उक्त झोलुङ्गे पुलमा आवत जावत बन्द गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी नरहरी खतीवडाले पुल बन्दको बारेमा आफुलाई थाहा भएको तर किन बन्द भएको भन्ने कुरा आफुलाई जानकारीमा नआएको ले यथासिघ्र पुल खोल्न आदेश दिएको बताउनु भयो ।


स्थानिय कृषकहरुले आफुले भारत बाट मल खाद ल्याउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका छन् भने प्रहरी प्रशासन र जिल्ला प्रशासनले हचुवाको भरमा पुल खोल्न लगाउदा कृषक र प्रहरी विच दोहोरो झडको स्थिती आएको छ ।

ताजा समाचार