पाँच बर्षिया बालिका सहित चार जनाले कोरोना जिते


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ झलारीकी ५ बर्षिया बालिका निहारिका चुनारा सहित चार जनाले एक साथ कोरोना जितेका हुन् ।

निहारिका सहित झलारीका रितिक लुहार, पार्वती महरा, धनादेवी धामी धनबिर चुनारा कोरोना जितेर घर फर्किएका    छन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले शुक्रबार उनीहरु एकसाथ कोडिभ १९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निदेशिकाको बुदा नम्बर २.३(क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि उनीहरु चारै जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img