सडक सुधारको माग

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ नम्बरका भाँसी क्षेत्रका स्थानीयले सडक सुधारको माग अघि सारेका छन् । स्थानीयले राजमार्ग भाँसीदेखि जनज्योति बहुमुखी क्याम्पस हुँदै दक्षिण जोड्ने सडक सुधारको माग गरेका हुन् ।

स्थानीय एव कञ्चनपुरका विद्यार्थी नेता नरेन्द्र भाटले सडक सुधार नहुँदा बर्षातमा समस्या हुने बताए । उनका अनुसार जनज्योति क्याम्पसदेखि दक्षिण सडकमा ग्राभिलिङ्ग नहुँदा स्थानीयलाई आवत जावतमा समस्या भईरहेको छ ।

शुक्रबार भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टसंग ग्राभिलिङ्ग हालिदिन माग अघि सारेका छन् । मेयर विष्टले सडक सुुधार गरिने आवश्वासन दिएपछि उनीहरु फर्किएका थिए ।

ताजा समाचार