भीमदत्त नगरपालिकामा सेन्सर सेनिटाईजर मेसिन

कञ्च्चनपुरको भीमदत्त नगरपालिकाले कार्यालयमा सेन्सर सेनिटाईजर मेसिन जडान गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणनका लागि नगरपालिकाले कार्यालयमा सेन्सर सेनिटाईजर मेसिन जडान गरेको हो ।
सेवाग्राही र कर्मचारीको स्वास्थ्य सुरक्षा ध्यानमा राखेर सेन्सर सेनिटाईजर मेसिन जडान गरेको भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टको सचिवालयले जनाएको छ । कुनैपनि सेवाग्राही र कर्मचारी भित्र जाँदा गन थर्मामिटरबाट ज्वँरो नाप्ने र सेन्सर सेनिटाईजर मेसिनबाट हात सेनिटाईजर गरिनेछ । ‘अन्य सेनिटाईजरबाट सबैले हात लगाउने भएपछि जोखिम बढ्ने भएकाले सेन्सर सेनिटाईजरबाट सुरक्षित हुन्छ, ‘मेयर विष्टका सचिवालय सदस्यले भने, ‘यसबाट कोरोना जोखिम घटाउन सकिन्छ ।’
उनका अनुसार कार्यालय सचिवालयमा दुई सेन्सर सेनिटाईजर जडान गरिएका छन् । सेन्सर सेनिटाईजरको तल हात राख्दा आफै सेनिटराईज हुने भएकाले जोखिम घट्छ । कार्यालयमा सेन्सर सेनिटाईजर र ज्वँरो नाप्ने मेसिन जडान भएपछि सेवाग्राही कर्मचारीले सरानिय काम भएको बताएका छन् ।

ताजा समाचार