बस्ती र उर्बराभूमि जोगाउन सुनबरा नदीमा तटबन्ध निर्माण

मानव बस्ती र उर्बराभूमि जोगाउनका लागि कञ्चनपुरको सुनबरा नदीमा तटबन्ध निर्माण गरिदै छ । चुरे भएर दक्षिण बग्ने सुनबरा नदीको शुक्लाफाँटा नगरपालिका तीन ठाँउमा तटबन्ध निर्माण गरिदै छ । शुक्लाफाँटा नगरपालिका २, ३, ४ नक्बर वडाका तीन बस्तीमा तटबन्ध निर्माण गरिन लागेको हो । बर्षनी सुनबरा नदीले शुक्लाफाँटा नगर क्षेत्रका बस्ती र उर्बराभूमि कटानी गर्दै लगेपछि स्थानीयले सरकारी निकायमा तटबन्ध निर्माणका लागि माग गदै आएका थिए ।

जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कञ्चनपुर मार्फत शुक्लाफाँटा नगर २ ढकनिया, ३ हल्दुघाट र ४ आशापुरमा तटबन्ध निर्माण भएको हो । सुनबरा तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष जिवन धामीले कटानीको उच्च जोखिममा रहेका तीन स्थान छनौट गरि सोही स्थानमा तटबन्ध निर्माण गरिएको बताए । अध्यक्ष धामीका अनुसार ढकनियामा १ सय ५० मिटर, हल्दुघाटमा २ सय मिटर र आशापुरमा २ सय १० मिटर तटबन्ध निर्माण भएको छ । ‘तीनै ठाँउमा स्पर सहित पाँच सय ६० मिटर लम्बाई तटबन्ध निर्माण गरिएको हो, ‘उनले भने, ‘तटबन्ध निर्माणमा स्थानीय जुटेका छन् ।’ तटबन्ध निर्माण भएसगै तीनै वडाका करिब हजार परिवार कटानीबाट जोगिने र डेढदेखि दुई हजार विगाह जमिन संरक्षण हुने बताए । ‘नदी कुनै एक स्थानबाट गाउँ पसे पुरै गाउँ नै जोखिममा पर्छ, ‘अध्यक्ष धामीले भने, ‘त्यही भएर हामीले तटबन्ध गर्दैछौँ ।’ बर्षनी सुनबरा नदीमा आउने वाढिले वाढिका साथै उर्बराभूमि कटानी गर्दा स्थानीय पीडित बन्दै आएका थिए । असार खेतमा रोपेको धान असोज–कार्तिकमा भित्र्राईन्छ, तर, यहामँका किसानले नदी कटानीका कारण खेतमा लगाएको बाली भित्र्राउँन नपाउँदै नदीले खेत कटानी र बाली बगाएर लग्ने समस्या झेल्दै आएका थिए । तटबन्ध निर्माण भएपछि बस्ती र उर्बराखेत संरक्षण हुने अध्यक्ष धामीको भनाई छ ।

शुक्लाफाँटा नगरपालिका २का वडाध्यक्ष शिवराज पनेरुले सुनबरा नदीको कटानीको समस्या मध्य नजर गर्दै वडाले समेत योजना छनौट गरेर सम्बन्धीत निकायमा पेश गरेको बताए ।‘वडाको बजेटले यत्रो ठुलो नदी कटानी नियन्त्रणमा सम्भव थिएन, ‘अध्यक्ष पनेरुले भने, ‘हामीले तत्त ठाँउमा कटानी रोक्नका लागि निर्णय गरेर बजेटको माग गरेका थियौँ ।’ तीन वडाका तीनै ठाँउमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि कटानी रोकिने र कटानी रोकिदा बस्ती, उर्बराखेती संरक्षण हुने उनको भनाई छ । ‘बस्तीतर्फ तटबन्ध भएपछि पानीको बहावले थप कटानी गर्न सक्दैन, ‘उनले भने, ‘नदीपारीतिर जंगल छ ।’ तटबन्ध गरिएका क्षेत्रमा बृक्षारोपणका लागि वडाले स्थानीयसंग आब्हान गर्ने बताउदै अध्यक्ष पनेरुले तटबन्ध दिगो बनाउन बृक्षारोपण समेत आवश्यक रहेको बताए । ‘कटानीको उच्च जोखिमा रहेको सुनबरा नदीको हेड टु टेलसम्म दुवैतिर बलियो तटबन्ध गर्नुपर्छ, ‘उनले भने, ‘अहिले त केही स्थानमा मात्रै तटबन्धन गरियो ।’ बर्षात शुरुसगै नदीखोला नालाका तटिय क्षेत्रका स्थानीय त्रसित भएका छन् ।

तटबन्ध निर्माण भएका क्षेत्रका स्थानीय ढुक्क भएपनि तटबन्ध नभएका क्षेत्रका स्थानीय भने त्रसित भएका छन् । चुरे र उत्तर पहाडी भेगमा हुने अबिरल बर्षातका कारण कञ्चनपुर डुवान र कटानको चपेटामा पर्दै आएको छ । कटानीबाट स्थानीय पनि तटबन्ध निर्माण हुन थालेपछि हर्षित भएका छन् । सुनबरा जस्तै अन्य नदीखोला एव तटीय क्षेत्रका स्थानीयले समेत तटबन्धको माग अघि सारेका छन् । सरकारी निकायले कञ्चनपुरका सबै खोलानालाको अनुगमन गरेर जहाँ जहाँ तटबन्ध निर्माण गर्नुपर्ने हो, त्यहाँ सुनबरा जस्तै तटबन्धको माग अघि सारेका छन् ।

ताजा समाचार

This will close in 10 seconds