डिल्ली राज पन्त /कञ्चनपुर: कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता गाउँ–बस्तीमा पुगेर स्थानीयसँग भेटघाटलाई तीव्रता दिनुभएको छ। जनतासँग प्रत्यक्ष संवाद गर्दै उहाँले स्थानीयका समस्या, गुनासा र आवश्यकताबारे जानकारी लिनुभएको छ।

भेटघाटका क्रममा सांसद महताले विकास निर्माण, सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलगायतका विषयमा स्थानीयसँग छलफल गर्नुभएको छ। साथै जनताले उठाएका समस्यालाई टिपोट गर्दै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।







